विराटनगर, असाेज २१ गते । कोशी प्रदेशको राजधानी विराटनगरको छिमेकी गाँउपालिका बुढीगंगामा अगामी कार्तिक १० गते “प्रथम बुढीगंगा राष्ट्रिय हाफ म्याराथन” प्रतियोगिता तथा “साँस्कृतिक साँझ” हुने भएकाेछ ।
लाइन्स क्लब अफ टकिसिनवारी ग्रिनसिटीका प्रेसिडेन्ट लायन खेमराज भट्टराईले नेपाल पत्रकार महासंघ माेरंग शाखाकाे सभा हलमा पत्रकार सम्मेलनकाे आयोजना गरि साे कुरा वताएकाे हाे ।
प्रतियोगितामा २१ किलोमिटर दुरी रहने खुल्ला दौडमा महिला र पुरुप धावकधाविकाले प्रतिस्पर्धा गर्नेछन् । सो म्याराथनमा प्रथम हुनेले नगद १ लाख १ हजार, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । त्यस्तै दोश्रो, तेश्रो, चौथो र पाँचौ हुनेले क्रमशः ५१ हजार, ३१ हजार, २१ हजार र र ११ हजार नगदसहित मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।
४० वर्ष माथिका पुरुष र ३५ वर्ष माथिका महिला खेलाडीबीचमा हुने भेट्रानतर्फको समेत म्याराथन प्रतिस्पर्धा हुनेछ । ५ किलोमिटर दुरीको सो प्रतिष्पर्धामा प्रथम हुनेले नगद २५ हजार, मेडल र प्रमाणपत्र प्रदान गरीनेछ भने दोस्रो, तेस्रो, चौचो र पाचौ हुने खेलाडीले क्रमशः २० हजार, १५ हजार, १० हजार र ५ हजार नगद, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । साथै २१ किलोमिटर दुरी पुरा गर्ने धावकहरुलाई मेडल र प्रमाण पत्र प्रदानगरिने छ।
५ किलोमिटर दुरी तय गर्ने बालबालिकाहरु सहभागी हुने म्याराथनमा समेत पुरस्कारको व्यवस्था गरिएको छ । १४ वर्ष मुनिका बालबालिका सहभागी हुने प्रतिस्पर्धामा प्रथम, दोश्रो र तेश्रो हुनेलाई क्रमशः २५ हजार, २० हजार र १५ हजार नगद, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । त्यसैगरि चौथो र पाचौ हुनेलाई १० हजार र ५ हजार नगद, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।
खुल्ला म्याराचन बुढीगंगाको टकिसिनवारीबाट बिहान ६ बजे शुरु भएर धरान-विराटनगर सडकखण्ड हुदै रोडशेष चोक पुग्नेछ । रोडशेष चोकबाट पुन विराटनगरको मुख्यसडक हुदै जलजला, तिनपैनी, पोखरिया, पुष्पलाल चौक भई गोकुवा नहरको बाटो भई राजमार्गबाट पुन टंकि चोकमा आएर २१ किलोमिटर दुरी तय गर्ने कार्यक्रम संयोजक लायन विमल भट्टराईले वताए ।
५ किलोमिटरको म्याराथन बुढीगंगाको टकिसिनवारीबाट शुरु भएर विराटनगर दुग्ध विकास संस्थानको कार्यालय अघि पुगेर पुन टंकीसिनवारी नै फर्कनेछ। पुरस्कार वितरण भने सोही दिन साँझ ४ बजे टंकीसिनवारीको नरग्राम माध्यमिक विद्यालयको प्राङगणमा हुनेछ । प्रतियोगितामा सहभागी हुन ५ सय रजिस्ट्रेशन शुल्क लाग्ने छ भने अनलाइन मार्फत रजिस्ट्रेशन गर्नुपर्ने हुन्छ ।
त्यसैगरी सांस्कृतिक कार्यक्रममा नेपालको चर्चित व्याण्ड MT8848, हांस्यगायक श्रीकृष्ण लुईटेल बोकेदारी, डान्सर समिक्षा बापामगर, ओलम्पियन वैकुण्ठ मानन्धर र सन्तोषी श्रेष्ठको समेत उपस्थिति रहनेछ।
उक्त कार्यक्रम गर्न करिब ४५ लाख खर्च लाग्ने अनुमान आयाेजकले गरकाे छ । साे खर्च गाउँपालिका, विराट टिचिग हस्पिटल लगायतकाे सहयोग रहने आयाेजकले बताए ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]