विराटनगर, असाेज १९ गते । विराट राजवंशी यूवा समितिले सदियाै देखि तराई मधेशमा बसाेवास गरदै आएका मधेसी समुदायकाे घर-घरमा मनाउने हुकाहुकी पर्वलाई पहिलाे पटक सार्वजनिक रूपमा मनाउने तयारीमा जुटेका छन ।
राजवंशी समाज उत्थान समितिकाे भातृ संगठनकाे रूपमा रहेकाे विराट राजवंशी यूवा समितिका अध्यक्ष विक्रम राजवंशीले नेपाल पत्रकार महासंघ माेरंगकाे सभाहलमा पत्रकार सम्मेलन गरि अगामी कार्तिक ३ गते सार्वजनिक रूपमा हुकाहुकी मनाउने तैयारीमा जुटेकाे वताए ।
अध्यक्ष राजवंशीले भने मत्स्य देशका राजा विराट महाभारतकालदेखी नै विराट राजवंशी समुदायले मौलिक साँस्कृत रुपमा हुकाहुकी रिति मनाउँदै आईरहेका छन् । यो हुकाहुकी शुभ दीपावली (सुकरात) को पहिलो ऐतिहासिक दिन भएकाे जसमा विराट राजवंशी समुदायले घर आँगनमा माटोको दियोवाली घरको कुलदेवी देवतासँगसँगै लक्ष्मी पूजा गर्दै घर बाहिर र खेतीबारीमा गएर (हुकाहुकी) भन्दै विराट राजबंशी समुदायले मनाउने पुरखौली संस्कृति रही आएकाे छ ।


सुकरातमा धनका देवी लक्ष्मी माताकाे पुजाको दिन साँझपख हुकाहुकी खेल्ने पौरानिक चलन रही आएकाे छ। हुकाहुकी सन्ठी र भाँसी (लामो घाँस दाभी) ले बनेको क्रस आकारको ३/४ फीट लामाे हुन्छ ।
विराट राजवंशी समुदायले घरमा रहेकाेकुलदेवता (गोसाई सिरा) मा सन्ठीको हुकाहुकी राखी पूजाआजा गर्ने समेत प्रचलन रहेकाे छ ।
पूजापाठ गरिसकेपछि दियोबाट सन्ठीको हुकाहुकीमा आगो लगाई आगँन हुँदै खेतबारीमा “हुकाहुकी” भन्दै उत्साहित साथ हामी मनाउँदै आएका अध्यक्ष राजवंशीकाे भनाइ छ।
हुकाहुकी एक प्रकारकाे खेल पनि हाे जसमा सबै उमेर समूहका पुरूषहरूका सहभागिता हुने गर्दछन ।
जसले गर्दा समुदायमा भाईचारा, आदर भाव र भावनात्मक सम्वन्ध प्रदान गर्न हुकाहुकीको महत्व पुर्ण भुमिका रहेकाे हुन्छ। हुकाहुकी परिवारमा रहेकाे पुरूष सदस्टहरूले सामुहिक रूपमा खेल्ने गर्दछन ।
तराईको मूलका उच्चवर्ग, आदिवासी जनजाति, दलित, पिछडावर्गका समुदाय प्राय कृषि पेसामा आश्रित रहेकोले प्राय जसो पशुपालन र खेतीपाती गर्ने पौराणिक पेसा नै कृषि भएकाेले हिउँदै बाली र अन्नबालीमा कीरा फट्याङग्रालाई क्षति पुर्याउने भएकोले कीरा फट्‌याङग्रालाई धपाउने हेतुले गाँउटोलमा भेलाभई साँझपख खेतबारीमा गई हुकाहुकी मनाउने प्रचलन चलिआएको छ ।
हुकाहुकी आगोका मुस्लो हो । जसले अदृश्य शैतानी शतिलाई ध्वस्त बनाउने कार्य हुकाहुकीले गर्ने जनविश्वास रहि आएकाेछ । तराई मधेसका गाँउ बस्तीमा भएको कीरा फट्‌याङग्रा कम गर्न र सबैको स्वास्थ्य लाभको कामना गर्दै धुमधामका साथ मनाउने गर्दछन ।
हुकाहुकी प्रथा लोप हुन लागेकाे अवस्थामा संरक्षण एवम् सम्बर्द्धन गर्न विराट राजवंशी समुदायले सार्वजनिक रूपमा विराटनगर महानगरपालिका वडा नं. १२ काे छेउमा रहेकाे विराट सामुदायिक मनाउने तयारीमा जुटेको विराट राजवंशी यूवा समितिका महासचिव शिव नारायण राजवंशीले जानकारी गराए ।
पत्रकार सम्मेलनमा राजवंशी समाज उत्थान समितिका केन्द्रीय अध्यक्ष भुवनेश्वर मण्डल, उपाध्यक्ष प्रदिप विश्वास लगातकाे उपस्थित रहेकाे थियाे ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]