विराटनगर, असोज १९ गते । जनता आवास अन्तर्गत मोरंग, सुनसरी र उदयपुर गरी तीन जिल्लामा ४ सय ७ घर निर्माण कार्य सम्पन्न भएको छ ।
शहरी विकास तथा भवन कार्यालय, कोशी प्रदेश मोरंग विराटनगरका प्रमुख सुरेन्द्र कुमार संवोका अनुसार आर्थिक वर्ष २०८०–०८१ मा जनता अवास कार्यक्रम अन्तर्गत उदयपुरमा १२९, सुनसरीमा ९३ र मोरंगमा १२५ घर गरी ४ सय ७ घरको निर्माण कार्य सम्पन्न भएकको वताए ।
जनता आवास अन्तर्गत नयाँ र पुराना गरी उदयपुरमा १ हजार ९ सय १४ घर, सुनसरीमा १ हजार ३ सय ४२ घर, मोरंगमा १ हजार ३ सय ७८ घरहरु सहित जम्मा ४ हजार ७ सय ५९ घरहरु निर्माण भईसकेको छ ।
कार्यालय प्रमुख संवोका अनुसार आर्थिक वर्ष २०८०–०८१ मा जनता अवास, सामुदायिक भवन निर्माण, सडक कालोपत्रे, सहरी सडक ढालन लगायतको काम गर्न ९७ करोड ७२ लाखको बजेट रहेकोमा ६३ करोड ३८ लाख खर्च भई ६४.८६ प्रतिशत काम सम्पन्न भएको छ ।
शहरी विकास तथा भवन, कार्यालय कोशी प्रदेश मोरंग विराटनगर अन्तर्गत सामुदायिक भवन निर्माण संचालित संख्या ८९ रहेकोमा ७४ वटा सम्पन्न, सरकारी भवन निर्माण संचालित संख्या २५ रहेकोमा २२ वटा सम्पन्न, सभाहल संचालत संख्या २ रहेकोमा उदयपुरको १ सम्पन्न, खेलकुद पुर्वाधार निर्माण १७ वटा संचालित रहेकोमा १४ वटा सम्पन्न, जनता अवास कार्यक्रम संचालित संख्या १ हजार १ सय ९१ रहेकोमा ३ सय ४७ सम्पन्न, शहरी सडक ढलान १.०१ किलोमिटर सम्पन्न, शहरी सडक कालोपत्रे ३.१४ सम्पन्न भएको छ ।
त्यसैगरी पार्क निर्माण ३ वटा रहेकोमा ३ वटै सम्पन्न भएको छ । पार्क निर्माण सुनसरीको धरान उपमहानगरपालिका, मोरंगको सुन्दर हरैचा नगरपालिका र सुनवर्षी नगरपालिकामा रहेको छ । ढल निर्माण ६.८६ किलोमिटर सम्पन्न, उदयपुरका बस पर्क १ निर्माण सम्पन्न, गेट भ्युटावर २ रहेकोमा उदयपुरको १ सम्पन्न, प्रहरी भवन १ उदयपुरको निर्माण सम्पन्न, अन्य पूर्वाधार निर्माण ६ बटा रहेकोमा ५ बटा सम्पन्न, मर्मत सम्भार ३२ बटा रहेकोमा ३२ वटै सम्पन्न, डि.पि.आर. ८ बटा रहेकोमा ८ बटै सम्पन्न भएको छ ।
बजेट हुँदा हुँदै पनि उपलब्धी कम हासिल भएको प्रश्नमा कार्यालय प्रमुख संवोले भने धेरै जसो बहुवर्षे योजना भएकोले कम खर्च भएका वताए ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]