विराटनगर, असोज १६ गते । भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्था मोरंगले विराटनगरमा आयोजना गरेको अन्तर सम्वाद कार्यक्रमका वक्ताहरुले स्थानीय तह देखि संघिय सरकारसम्म भ्रष्टाचारको जालो रहेकाले यसलाई न्यूनिकरण गर्नका लागि खसगरी कर्मचारी संयन्त्र नैतिक रुपमै सुधार हुनु पर्ने वताएका छन् ।
मोरंगका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईको प्रमुख आतिथ्यमा भएको सम्वाद कार्यक्रममा भ्रष्टाचार विरुद्धका नागरिक निगरानी संस्था मोरंगका सल्लाहाकार प्राध्यापक कृष्ण पोखरेलले भने लोकतान्त्रिक गणतन्त्र आई सकेपछि धरै जसो जन सरोकारको काम स्थानीय तहको वडा कार्यालयवाट पाउने गरेकोले त्यहीवाट भ्रटाचारको शुरुवात भएको भन्दै भने कर्मचारीलाई पैसा दिनेको काम छिटो हुने पैसा नदिनेको काम विभिन्न वहाना, कानुनी जालझेल अड्चन लागएर कामै नगर्ने वातावरण सृजना गर्दछन । त्यस्तो जालोलाई हटाउन सेवा लिने उपभोक्ता र सेवा दिने कर्मचारी दुबै नैतिक रुपमा सुधार भए भ्रष्टाचारमा संलग्न अन्य विचौलिया आफै हराउने वताए ।
त्यसैगरी नेपाल उद्योग परिसंघ कोशी प्रदेशका अध्यक्ष पवन सारडाले भने राज्यको सिष्टम नै पुरै विग्रिसको छ । कुनै पनि काम गराउँदा विना कमिसन र घुसको हुँदैन, जसका कारण हाम्रो मुलकका यूवाहरु खाडी मुलुकमा पलाय भईरहेको छ । तल देखि माथि सम्म भ्रष्चारमा चरलम्म डुवेको छ । भ्रष्टाचार न्युनिकरणको लागि माथिल्लो तहवाटै सुधार हुन आवश्यक छ । त्यसको लागि हामी पनि सुधार हुन आवश्यक रहेको छ ।
प्रमुख अथिति प्रमख जिल्ला अधिकारी भट्टराईले सरकारी कार्यालय र कर्मचारीहरु माथि उठेको प्रश्नहरुको जवाफ दिदै भने कर्मचारीहरुमा केही कमी कम्जोरी हुन सक्छ त्यसलाई केही हद सम्म स्वीकार्दै कर्मचारी नै भ्रष्टाचारको भागीदार होईन राज्य संयन्त्रसंग जनशक्तिको कमी, आम नेपाली जनताका आवश्यकता अनुसार बजेटको अभाव लगायतका कारणले भ्रष्टाचारले प्रसय पाएको हुन सक्ने भन्दै भ्रष्टाचारका विरुद्ध कर्मचारी र जनता दुवै एक भएर भ्रष्टाचार हटाउन प्रतिवद्ध हुनु पर्ने वताए ।
उक्त कार्यक्रम भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्था मोरंगका अध्यक्ष मोहन भण्डारीले दशै, तिहार र छठको शुभकामना दिदै सम्वाद कार्यक्रम सम्पन्न गरेका थिए ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]