विराटनगर, असाेज १४ गते । काेशी प्रदेशमा लगानीकाे वातावरण सृजना गर्न प्रदेश सरकारले पहिलो पटक आगामी माघ महिनाकाे ११, १२ र १३ गते लगानी सम्मेलन गर्ने भएकाे छ ।
काेशी प्रदेशमा ओैधाेगिक वातावरण बनेकाे सन्देश दिन लगानी सम्मेलन गर्न लागेकाे हाे । आईतबार काेशी प्रदेश सरकारकाे मन्त्रीपरिषद बैठकले यसकाे अवधारणा पारितका थिए ।
नीजि क्षेत्रकाे सहकार्य र समन्वयमा लगानी सम्मेलन गर्ने तयारी सरकारकाे छ । काेशी प्रदेश सरकारकाे चालू आर्थिक वर्षकाे नीति तथा कार्यक्रम र बजेटमा पनि लगानी सम्मेलन गर्ने विषय उल्लेख थियाे । साेही अनुसार याे कार्यक्रमलाई अगाडि बढाईएकाे मुख्यमन्त्री कार्यालयले जनाएकाे छ ।
प्रदेश लगानी प्राधिकरणले यसकाे आवश्यक समन्वय, सहजीकरण र लगानीकाे क्षेत्रहरू तय गर्ने छ । प्रदेश सरकारले याे कार्यक्रम सम्पन्न गर्न करिब ३ कराेड बजेट छुट्याएकाे छ ।
लगानी सम्मेलनमा नेपाल, भारत र तेस्राे मुलुकका समेत लगानीकर्ताहरूलाई आमन्त्रण गरिनेछ । प्रदेशका सम्भावित आयाेजननकाे क्षेत्र पहिचान गरि ती क्षेत्रमा लगानी भित्र्याउन प्रदेश सरकारले संघ र स्थानीय तहकाे नीतिगत व्यवस्थालाई सुधार गर्न पहल गर्ने छ । साथै प्रदेशले गर्नुपर्ने कानून संशाेधन तत्कालै गर्ने तयारी सरकारकाे छ ।
पिपिपी माेडेलकाे लगानी अवधारणालाई आत्मसात गर्दै निजी क्षेत्रलाई प्रदेश विकासमा अधिकतम रूपमा संलग्न गराउने लक्ष्यका साथ लगानी सम्मेलन आयाेजना गर्न लागिएको मुख्यमन्त्रीका आर्थिक सल्लाहकार माेहन सुवेदीले जानकारी दिए ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]