बिराटनगर, असाेज १२ गते । केही दिन देखि परिरहेकाे अबिरल बर्षाका कारण कोशी ब्यारेज र बराह क्षेत्र आसपासका डुवानमा परेका क्षेत्रको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले निरीक्षण गरेका छन ।
मुख्यमन्त्री कार्की तथा तीनवटै सुरक्षा निकायका प्रदेश प्रमुख सहभागी भएकाे टाेलीले बराह क्षेत्र नगरपालिका-६ र ९ मा बाढीमा फसेका ३४ जनाको उद्दार गर्न सुरक्षा निकायका प्रमुखहरुलाई मुख्मन्त्रीले आग्रह गरेकाे छ । स्थलगत निरीक्षण पछि मुख्यमन्त्री कार्कीले उनीहरुको उद्दारका लागि सुरक्षा निकायसँग समन्वय गरी उनिहरुलाई हेलिकप्टरमार्फत उद्दार गर्ने तयारी भइ रहेको छ ।
यस्तै प्रदेश भर वर्षा भइ रहेको र बाढी पहिरो आइरहेको अवस्थामा तयारी अवस्थामा रहन मुख्मन्त्रीले निर्देशन दिनु भएको छ ।
अहिले प्रदेशका सबै बाढी पहिरो गएको क्षेत्रमा उद्दार र राहतको काम सुरु भएको मुख्यमन्त्री कार्कीले जानकारी दिएका थिए ।
अहिले कोशी ब्यारेजमा पानीको बहाव ५ लाख ३१ हजार ७ सय ५० मापन गरिएको छ । कोशीमा पानीको बहाव लगातार बढेपछि मुख्यमन्त्री कार्कीको निरीक्षण लगत्तै कोशी ब्यारेजको पुलबाट अत्यावश्यक बाहेकका सवारी साधनलाइ आवागमनमा रोक लगाइएको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]