विराटनगर, असाेज ८ गते । जामुनगाछी महिला जागरण समूह विराटनगरद्वारा ७ औ जितिया महोत्सव तथा सम्मान कार्यक्रम सम्पन्न भएकाे छ ।
कार्यक्रमका प्रमुख अतिथि आभा फाउन्डेसनका अध्यक्ष आभा अनुपामाले महिलाहरूको सशक्तीकरण र जागरुकता अभियानमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै महिला जागरण समूहको प्रशंसा गरेका थिए।
त्यसैगरी अपन परोपकार विराटगढ समाजका अध्यक्ष वसुन्धरा झाले महिलाहरूको समाजिक भूमिकालाई बलियो बनाउनका लागि यस्ता कार्यक्रमहरूले महत्त्वपूर्ण योगदान पुर्‍याउने बताए।


समाजसेवी विजय यादवले समाजिक कार्यमा महिलाहरूको सक्रिय सहभागिता आवश्यक रहेको चर्चा गरेका थिए । साेही कार्यक्रममा समाजमा विषेश याेगदान पुर्याउनु भएका दर्जनौं व्यक्तिहरूलाई सम्मान पत्रवाट र टीका लगाएर सम्मानित गरेका थिए ।
सहभागीहरूले जितिया पर्वको महत्त्व र यसको धार्मिक र सांस्कृतिक पक्षहरूमा चर्चा गरेका थिए।
उपस्थित अतिथिहरूले महिला सशक्तीकरणका लागि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए ।
महिला जागरण समूहले आगामी दिनमा पनि यस्ता कार्यक्रमहरू आयोजना गर्ने प्रतिबद्धता व्यक्त गर्दै समुहका सञ्जु यादव, सपना यादव, सिया यादव, सुमन मणडलकाे नेतृत्मा जितिया महाेत्स सम्पन्न भएकाे थियोे ।

 

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]