सुरेन्द्र मण्डल
रंगेली,असोज ६ गते । नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङले रंगेलीमा एक कार्यक्रमको आयोजना गरी रंगेली नगरपालिका तदर्थ समिति गठन गरेका छन ।
कालिका नन्द ठाकुरकाे अध्यक्षतामा १५ सदस्य तदर्थ समिति गठन गरेकाे छ । जसमा देवन्ती कुमारी दास उपाध्यक्ष, जीवन मैनाली महा सचिव, चन्दन कुमार पासवान सचिव, दिपेश पाठक सह-सचिव र सन्ता श्रेष्ठ कोषाध्यक्ष रहेका छन ।
त्यसैगरी सदस्यहरूमा रामनारायण मण्डल, सोमनाथ शाह, एकराज मण्डल, सुरेन्द्र कुमार मण्डल, माधव शाह , शुभम् कुमार शाह, शुभम् कुमार मण्डल, अशोक कुमार मण्डल, गीता पासवान र जगनाथ मण्डल रहेका छन ।
शनिबार घरेलु तथा साना उद्योग महासंघ मोरङका अध्यक्ष चेतन निरौला को अध्यक्षतामा भएको उक्त कार्यक्रमका प्रमुख अतिथि रंगेली नगरपालिकाका मेयर दिलीप कुमार अग्रवाल रहेको थियो ।
प्रमुख अतिथि अग्रवालले भने , रंगेलीमा ४ सय फार्म दर्ता गरिएको रेकर्ड छ तर सकृयता देखिँदैन । संगठित रूपमा सेवा लिन चाहने उद्यमीहरुको लागि नगरपालिका सदैव सहयोगको लागि खुल्ला रहेकाे वताए ।
नेपाल घरेलु तथा साना उधोग महासंघ के हो ? यसमा संगठन किन आवश्यक छ ? कस्तो व्यक्तिले यस संगठनमा बस्न पाउँछ भन्ने विषयमा अध्यक्ष चेतन नरौलाले प्रस्ट परेका थिए ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]