विराटनगर, असोज ३ गते । संविधान दिवसको अवसरमा महिला तथा बालबालिकाहरुद्धारा सरसफाई, वृक्षारोपण र विरुवा लगाएर हुर्काएका एक व्यक्तिलाई सम्मान गरेका छन् ।
महिला एवम् बालकालिकाहरुकै पहिलमा विराटनगर महानगरपालिका वडा नं. ४ र ५ जामुन गाछी देखि पश्चिम पानी टंकी टोलमा वृक्षारोपण, सरसफाई र एक जनालाई सम्मान गरेको हो ।
सरसफाई तथा विरुवा लगाउने अभियानमा संलग्न व्यक्तिहरुले सडकको दुबै पट्टी सरसफाई गरी ५ दर्जन जति निम, अशोक, सृस, धुपि, लगातका बिरुवा लगाउनुका साथै सडक पेटीमा पसल संचालन गरी पसल अगाडी विरुवा लगाएर हुर्काएका स्थानीय पसल संचालक नारायण भगत चौधरीलाई फुलमाला र खादा लगाएर सम्मान गरका छन ।
सरसफाई एवम् वृक्षारोपन अभियानका अभियान कर्ता मधेश प्रदेश सिरहा जिल्ला सिरहा नगरपालिका वडा नं. १७ निवासी धिरेन्द्र साह भन्छन् देशलाई हराभरा वनाउनु छ भने प्रत्येक व्यक्तिले आ–आफ्नो जन्म दिन, बैवाहिक वर्षगाठ वा अन्य कुनै उत्सवको अवसरमा कम्तीमा एउटा विरुवा लगाएर हुर्काउनु पर्छ । जसले गर्दा समाज सुन्दर देखिनुका साथै स्वच्छ हावा, हराभरा वातावरणको निर्माण हुन्छ । विरुवा लगाएर जोगाउनु छ भने अव विरुवा संरक्षण गर्नेलाई सम्मान गर्ने अभियान चलाउनुपर्ने साहको भनाई छ ।
उक्त अभियानमा स्थानीय सुनिता राउत, नम्रता आर्या, पुजा खतिवडा, रेवती सामपाङ लगायतल समाज सेवी, बुद्धिजीवी, बालबालिकाहरुको सहयोग रहेको छ । सो अभियानको नेतृत्व लमजुङ दाडदी गाउँपालिका वडा नं ७ लक्शीबोट घर भई भाद्र १० गते विहे गरेर आएकी सानु गुरुङ्गले गरेकी थिईन ।
गरुङ्गले काठमाण्डौमा वागमती सरसफाई अभियान, चितवनमा महिला समूहसंग मिलेर सरसफाई अभियान, विरंगन्जमा समेत सरसफाई अभियान लगायत मानव सेवा आश्रममा समेत सेवा गरी सकेकी छिन् । वहांले अव विराटनगरलाई सरसफाई गरी विरुवा लगाएर हराभरा बनाउने अभियानमा जुटेको भन्दै यो अभियानलाई विराटनगरको प्रत्येक वाडमा पु¥याउने लक्ष्य लिएको गरुङ्गले वताईन ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]