विराटनगर, भाद्र १७ गते । कोरोना भइरसको कारणले विराटनरमा निषेधाज्ञा जारी रहेकै वेला अटोमेटिक पेस्तोल सहित ५ जना अपराधिक व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरको छ ।
बिराटनगर उपमहानगर पालिका वडा नं. ४ कंचनवारी एरियाबाट अटोमेटिक पेस्तोल सहित पक्राउ पर्नेमा मोरङ कटहरी गाउँपालिका वडा नं. २ को अभिसेक राय, रविन शर्मा र किसन साहलाई प्रहरी पक्राउ गरेको छ ।
त्यसै गरी पक्राउ पर्नेमा सप्तरी बोधेबर्साईन गाउँपालिका वडा नं. ८ क २७ नन्द किसोर साह र भारत बिहार राज्य सितामढी घर बताउने राजु साह रहेका छन ।
उनिहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङले मंगलबार साक्र पक्राउ गरी पत्रकार सम्मेलन मार्फत सार्बजनिक गरेको छ । पक्राउ परेकाहरुको साथबाट १ थान अटोमेटिक पेस्तोल, ३ राउण्ड गोली, १ थान को ३२ प ७५२५ नम्बरको मोटरसाईकल, विभिन्न कम्पनीको १६ थान मोवाईयल सेट, १ थान चक्कु बरामद भएको छ ।
त्यसैगरी कोटाक महिन्द्रा नामको भारतिय बैङ्कको २ थान चेक र नगद नेपाली रुपैया १८ हजार २० र भारतिय रुपैया ४९ हजार ४ सय ५० समेत फेला पारी बरामद गरिएको उक्त कार्यालयले जनाएको छ ।
पक्राउ परेका यो समुहले संगठित रुपमा अपराधिक समुह स्थापना गरी, विराटनगरलाई आपराधिक कार्यको स्थल बनाई व्यापारीहरुलाई हतियार देखाई पैसा माग्ने, पैसा नदिए ज्यानै मार्ने समेतको धाक धम्की दिई रकम असुल्ने गरेको अनुसन्धानबाट खुल्न आएको छ ।
साथै पक्राउ परेका पाँचै जना उपर हातहतियार खरखजना, अपराधिक लाभ, चोरी तथा संगठित अपराध सम्बन्धी मुद्दामा कारवाही अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]