विराटनगर, भाद्र २४ गते । वैदेही जानकुञ्ज कलेज (भीजी) कलेज बिराटनगरले वीवीए र बीएस्सी सीएसआईटी अध्यापन गर्न विराटनगरमा कलेज संचालनमा ल्याएकाे छ ।
कलेज प्रमुख ए. के. दासले नेपाल पत्रकार महासंघको सभा हलमा पत्रकार सम्मेलनमा भने भीजी कलेजले गुणस्तरीय शिक्षा प्रदान गर्न सदैव अग्रणी भूमिका निर्वाह गर्ने छ ।वि‌द्यार्थीहरुको उज्ज्वल भविष्य सुनिश्चित गर्नको लागि महत्वपूर्ण कदम भएकाे वताउँदै वि‌द्यार्थीहरूलाई व्यावसायिक र प्रविधिमूलक क्षेत्रमा उत्कृष्ट बनाउन प्रतिबद्ध रहेकाे छ ।
पत्रकार सम्मेलनमा कलेज व्यवस्थापन समितिका अध्यक्ष डा. भविश्य मिश्राले भने नयाँ पहलले बिराटनगरको शैक्षिक प्रतिष्ठानहरूमा नयाँ उचाइ थप्नेछ। यसले हामो क्षेत्रीय वि‌द्यार्थीहरूलाई अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्राप्त गर्ने अवसर प्रदान गर्नेछ ।
त्यसैगरी सीएसआईटी विभाग प्रमुख कश्यव रायमाझीले भने “यो कार्यक्रमले वि‌द्यार्थीहरुलाई सूचना प्रविधिको क्षेत्रमा अत्याधुनिक जान र सीप प्रदान गर्नेछ। हामी उद्‌द्देश्य वि‌द्यार्थीहरुलाई प्रविधिमा दख्खल बनाउनु र भविष्यको चुनौतिहरू सामना गर्न तयार बनाउनु हो।”
महेंद्र चौकमा रहेकाे कलेजमा ४० जना विद्यार्थीलाई अध्ययन गराउने छ । प्रति विद्यार्थी करीब ४ लाख खर्च लाग्ने छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]