विराटनगर, भाद्र १५ गते । विराटनगर महानगरपालिका वडा नं.८ प्रगती विनायक टोलमा रहेको सहमति शिक्षा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औं वार्षिक साधारणसभा सभा भव्यताका सम्पन्न भएको छ ।
साधारणसभाका प्रमुख अतिथि कोशी प्रदेश सहकारी संघका अध्यक्ष डिल्ली पोखरेलले पानसमा बत्तीवाले समुद्घाटन गर्दै भने सहकारीमा अहिले देखिएको समस्याका बाबजुद सहमति शिक्षा बचत तथा ऋण सहकारी संस्था लि.को लेखा परिक्षष्ण प्रतिवेदनले राम्रो देखिएको वताउँदै देशभरीमा ३५ हजार सहकारी मध्ये सयवटाले वदमासी गरेको छ अन्यले त समाजमा राम्रैकाम गरेको छ । त्यसैले खराब काम गर्ने सहकारीलाई दण्डीत गर्दैं राम्रालाई सरकारले प्रोत्साहन गर्नु पर्ने वताए ।


सोही अवसरमा राष्ट्रिय सेवक केन्द्रीय समन्वय समितिका सचिव, कोशी प्रदेश बचत संघका उपाध्यक्ष जीवन काफ्ले भने सहकारी सम्पुर्ण सदस्य शेरधनीहरुको सहकार्यले चल्ने संस्था भएकोले सवै सदस्यहरुले सहकारीको बारेमा बुझ्न जरुरी भएको भन्दै शेयर धनी सदस्यहरुले सहकारीमा निगरानी गर्नु पर्ने सुझाव दिए ।
कोशी प्रदेश वचत संघका लेखा समिति संयोजक विरेन्द्र यादव, विराटनगर महानगर पालिका वडा नं. ८ अध्यक्ष राम पोखरेल प्राडादेवी वहादुर थापा, माधव प्रसाद ढुगेल लगायतले वार्षिक साधारण सभाको सफलताको शुभकामना व्यक्त गरेको थिए ।


आर्थिक वर्ष २०८०÷२०८१ मा सहमति शिक्षा बचत तथा ऋण सहकारी संस्था प्रालिको सम्पत्ति दायित्व २ करोड २४ लाख ९४ हजार ७४ रूपिया ९५ पैसा रहेको छ । आन्दानी २६ लाख ५१ हजार १ सय ९४ रूपिया ९४ पैसा रहेको छ । खर्च २६ लाख ५ सय ६४ रूपिया खर्च गरेको छ भने २ करोड ५० लाख ६ हजार ६ सय ३६ रूपिया कारोवार गरेको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।
साधारण सभामा +२ र एसईईमा उत्कृष्ट अंक लयाउने शेयर सदस्यका सन्तती, असल बचत कर्ता, असल ऋणी र एक जना जेष्ठ नागरिकलाई सम्मान गरेका थिए ।


खुल्लासत्र पछि वन्द सत्रमा सहकारीको कार्यक्षेत्र जिल्ला भरी भनाएकोमा यसवाट हुने फाईदा र वेफाईदाका वारेमा छलफल गरी संस्थालाई अगामी दिनमा अझ मजबुत वनाएर लाने भन्दै सर्वसम्मतिले कार्यसमिति चयन गरेका छन् ।
सर्वसम्मतिले अध्यक्ष राजेन्द्र कुमार थापाको अध्यक्षतामा ११ सदस्य कार्यसमिति र ३ सदस्य लेखा सुपरिवेक्षण समिति चयन गरेका छन् । कार्यसमितिको उपाध्यक्ष गंगा प्रसार कोइराला, सचिव कृष्ण भट्टराई, कोषाध्यक्ष श्यामसुन्दर सुतिहार रहेका छन् । त्यसैगरी सदस्यहरू रोहणी रमण दवाडी, शिव प्रसाद अधिकारी, लक्ष्मी आचार्य, बाल्मिका बस्नेत, दिनावति चौधरी, विरेन्द्र थापा र गणेश खड्का रहेका छन ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]