संजय राजवंशी
कटहरी, भाद्र ८ गते / “ तोर सङै माया ” राजवंशी भाषामा आज म्यूजिक भिडियो रिलिज हुनेभएको छ ।
यस भिडियोमा मुख्य कलाकार दिनेश राजवंशी र सुस्मीता पाण्डे रहेका छन । म्यूजिक भिडियो आकर्षक बनाउन मुलघाट, धनकुटा, भेजेटार लगायत ७२ विघामा रहेको तरराहा सुनसरी जिल्लाको रमनीय स्थालमा भिडियो सुट गरीएको कलाकार दिनेश राजवंशीले जानकारी गराएकाे हाे ।
उक्त भिडियो आर आर म्यूजिक प्रोडक्शन युटूव चेनल बाट प्रशारण हुने भएको छ ।
यस गानाको आवाज राष्ट्रिय गायक बलबहादुर राजवंशी र अनु चौधरीको मिठो स्वर रहेको छ । यस गानामा सागर साह ( गुरु ) कार्तिक राजवंशी, अनिल राजवंशी, सत्यनारायण राजवंशी, रमेश राजवंशी, सुनकुमार राजवंशी, अशोक राजवंशी, मिथुन राजवंशी लगायत अन्य कलाकारहरु रहेका छन ।
झापा, मोरङ सुनसरी जिल्लामा राजवंशी जातिका विभिन्न समयमा राजवंशी म्यूजिक भिडियो तथा फिल्महरुको उत्पादन भएको थियो ।
यस विषयमा राजवंशी समाज र राजवंशी जातिय संघ, संस्थाहरु छलफल गर्न आवश्यक छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]