विराटनगर, भाद्र ७ गते । महिला पुनस्र्थापना केन्द्र (ओरेकले) ले यौन तथा प्रजनन स्वास्थ्य अधिकारका सवाल र संचारकमीहरुको भूमिका सम्बन्धमा अन्तक्रिया गरेका छन् ।
समाजमा वाझोपनाको अवस्था, बाझोपन भएको श्रीमान श्रीमती करी अभिभावक वन्न सकिन्छ, बाँझापन, निसन्तानपना महिलाहरुमा मात्र हुन्छ कि पुरुषमा पनि हन्छ ?, निसन्तानपना के कारणले हुन्छ जस्ता विषयमा गहन छलफल भएको थियो ।
समान्यता निसन्तानपना भन्नाले मलाको गर्भधारण गर्न नसक्नु र वच्चालाई जन्म दिन नसक्नु हो । बच्चा जन्माउने प्रक्रियामा महिलासंग प्रत्यक्ष रुपमा सम्वन्ति भएकोले हाम्रो समाज निसन्तान भन्न वितिकै महिलाको समस्यालाई बुझने गर्दछन् । तर वास्तविकमा निसन्तानपना पुरुष वा महिला दुवैमा हुन सक्छ । निसन्तान हुनुमा महिला र पुरुष दुवै करणले हुन्छ । कुनै जोडीमा निसन्तान हुनुमा महिला कारण हुन्छ भनै कुनैमा पुरुष कारण हुन सक्छ ।
ओरेक नेपालकी कार्यक्रम संयोजक सरस्वती दनुवारले निसन्तानपनको कारण सरोगेसी (कोख भाडामा लिएर सन्तान जन्माउने) कार्यहरु कानुन विपरीत भईरहको छ । सेरोगेसी सम्बन्धमा नेपालमा स्पष्ट कानुन नभएकोले कतिपय महिलाहरु ठगीमा परेको वताइन । राज्यले कानुन नबनाउँदा समस्या भई रहको छ ।
निसन्तानपनको कारण महिला घरेलु हिंसा पनि हुने गरेको ओरेक नेपालकी अनुसन्धान संयोजक सुमित्रा पौडेलले बताइन् । निसन्तानपनको विषयमा राज्यले चासो राख्नु पर्ने भएपनि अहिलेसम्म कुनै अध्ययन नभएको उनले बताइन् ।
विश्व स्वास्थ्य सङ्गठनको २०१२ को प्रतिवेदनको अनुसार, विश्वमा करिब १०–१५ प्रतिशत विवाहित दम्पतीहरू सन्तानबिहीन रहेको देखिएको थियो । निसन्तानपनको उपचारका लागि नेपालमा सरकारले पनि चासो दिनुपर्ने । अहिले सरकारी अस्पतालले निसन्तानपनको उपचारको सुविधा छैन । सरकारी सेवा नहुँदा सेवाग्राही निजी अस्पतालमा महँगो शुल्क तिर्न बाध्य रहेको उनले बताइन् ।
नेपालमा सन् २०१६ को डिसेम्बर १२ मा सर्वाेच्च अदालतले विवाहित नेपाली जोडीका लागि सरोगेसी सम्बन्धि वैधानिकता दिन सरकारका नाममा आदेश जारी गरेको थियो । राज्यले सरोगेसी सम्बन्धी कानुन नबनाउँदा कोख भाडामा दिनेहरू विभिन्न समस्यामा पर्ने गरेको अध्ययनका क्रममा देखिएको ओरेक नेपाल विराटनगरकी कार्यक्रम संयोजक दनुवारले जानकारी दिइन् ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]