चन्दन राैनियार
दुहबी, भाद्र ६ गते । सुनसरीकाे दुहबी नगरपालिकाकाे दुहबी बजारमा भारतबाट चाेरी निकासी भई आएकाे तस्करीका खाद्यान्न, लत्ताकपडा लगायतका सामानहरू खुलेआम भित्री रहेकाे छ ।
भारतीय नाकाबाट दर्जनौं मोटरसाइकल र साइकलमा सिधै अबैध राजस्व छलि गरेर चिनि, खैनी, रजनीगंधा, कपडा लगायत समान दुहबी भित्रिने गरको भएपनि दुहबीका प्रहरी प्रशासन मुखदर्शक बनेकाे छ ।
दुहबी बजारमा रहेकाे व्यापारीहरू तस्करीबाट आएका सामानहररू खरीद गरि खुलेआम बजारमन विक्री वितरण गरी रहेकाे एक व्यपारीले वताए ।
भारतबाट तस्करीका समानहरू विराटनगरकाे रानी सिमा नाकाबाट शसस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीकाे मिलाेमताेमा दुहबी बजारमा मात्र नभई काेशी प्रदेश भित्रकाे विभिन्न बजारहरूमा पुग्ने गरेकाे छ ।
रानी नाकामा शसस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीबाट खटिएका सुरक्षा कर्मीले साना व्यपारी र घरायसी सामान ल्याउनेहरूकाे सामान जफत गर्ने, केही सामानहरू झिकेर राख्ने तर ठूला तस्करहरूले लाईन मिलाएर भारतीय सामान नेपाल भित्रियाउने गरेकाे स्रोतकाे दावी छ ।
रानी नाका सम्बन्धमा ईलाका प्रहरी कार्यालय रानीका
प्रहरी निरिक्षक प्रकाश थापाले भने खुल्ला सिमानाका करण तस्करी र लागुआैषध नियन्त्रण मुख्य चुनाैतीकाे रूपमा रहेकाे छ । म आएपछि करीब ३० लाखकाे तस्करीका सामान भन्सारमा बुझाएका छाै भने लागुआैषध तर्फ १०८ जनालाई पक्राउ गरि केहीलाई मुद्दा समेत चलाएकाे वताउदै भने प्रहरी सबैलाई चाहिने तर प्रहरीलाई नै विना प्रमाण आराेप लगाउने भएकाेले मिलामताेमा तस्करी भईरहेकाे कुरामा कुनै सत्यता नभएकाे वताए । खुल्ला सिमाना भएका कारण लुकीछिपी तस्करी हुन्छ हाेला तर प्रहरीसंग तस्करकाे कुनै सम्बन्ध नहुने प्रहरी निरिक्षक थापालेदावी गरे ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]