झापा, भाद्र १६ गते । झापाको शिवसताक्षी नगरपालिका वडा नं. ८ स्थित राजमार्गबाट करिव ७ लाख बराबरको भन्सार छली गरी ल्याएको ओरीयन्स कम्पनीको औषधी बरामद गरिएको छ ।
मोटरसाईकल र एउटा स्कुटरमा सवार गरी आएका ६ जना मानिसहरुलाई ईलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई चेकजाँच गर्दा औषधी फेला पारेको हो ।
भारतबाट ३ सय ७ वटा बट्टामा प्याक गरी नेपाल तर्फ चोरी तस्करी गरी अबैध रुपमा ल्याएको पाईएपछि उक्त कम्पनीको औषधी बरामद गरिएको र बरामद गरिएको औषधी, मानिस तथा सवारी साधनहरु आवश्यक कारवाहीको लागी मेची भन्सार कार्यालय बुझाईएको ईलाका प्रहरी कार्यालय झिलझिले ले जनाएको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]