विराटनगर, भाद्र २ गते । पाचाैं मगही अन्तराष्ट्रिय सम्मेलन भारतकाे नई दिल्लीमा 16 अगस्त 2024 अर्थात श्रावण ३२ गते शुक्रबार भव्यताकाे साथ सम्पन्न भएकाे छ ।
मगही भाषालाई ८ आ‌ैं अनुसुचीमा राख्न माग गर्दै मगही भाषाकाे मानवीकरण गर्न, समावेशी शब्द काेष निर्माणकाे बारेमा छलफल भएकाे थियो ।
उक्त सम्मेलनमा मगही भाषाको शव्दावली, व्याकरण निर्माण, मगही भाषाको सामुहिक प्रयाेग, मगही भाषालाई विदेशसंग जाेड्न, माग गरेका छन ।
कुनै शब्हरूकाे विशिष्ट शब्दावली हुन्छ । त्यसकाे अरू भाषामा कुनै समानार्थी हुदैन । भाषा विकासकाे लागि व्याकरण र जनसमुदायमा सामूहिक रूप से प्रयोग हुन जरुरी भएकाे सम्मेलनले निष्कर्ष निकालेकाे छ ।
सम्मेलनमा नेपालबाट मुख्य अतिथि पूर्व मन्त्री डा. केशवमान शाक्य, विषय विज्ञ डा. रामलाल सुतिहार, अधिवक्ता विजय कुमार वर्मा, डा. केदार मण्डल, डा.नाथ सिंह रसिया, डा. रामा शंकर कुशवाहा, शिव पूजन कुशवाहा, गीता शाक्य, पिंकी शाह लगायतको उपस्थिति रहेकाे थियोे ।
पाचाैं मगही अन्तराष्ट्रियसम्मेलन मगही अन्तर्राष्ट्रिय परिषदकाे अध्यक्ष डा. वीर बहादुर महताेकाे अध्यक्षतामा सम्पन्न भएकाे थियोे ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]