विराटनगर, साउन ३२ गते । सुनवर्षी नगरपालिका-९ र रंगेली नगरपालिका- ५ सिमाना भेडवाथान देखि भारतकाे सिमा सम्म जानेवाटाेमा पुलमा कमअसल सामग्री प्रयाेग गरि निर्माण गरिएकाे स्थानीयले आराेप लगाएका छन ।
दुई वर्ष पहिले बिनिता श्री कन्ट्रक्सनले ठेक्का लिई काम शुरू गरेकाे थियाे । कमअसल सामग्री प्रयाेग गरि श्रावन ३० गते पानी परिरहेकाे वेलामा राती सम्म पुल ढलान गरिएको भने ३१ गते ढलानमाथि चिल्लाे परेका थिए ।
पुलमा काम गर्ने एक मिस्रीका अनुसार जति ढिलाे हुन्छ त्यतीनै काम कमअसल हुन्छ । याे पुलमा पनि इस्टिमेट अनुसार काम भएकाे छैन । राती गरेका ढलान कस्ताे हन्छ आफै साेचनुस भने ।
यस सम्बन्धमा इन्जिनियर इन्द्र नारायण शाहसंग जानकारी माग्दा पुलको ढलान दिउँसो नै शुरू गरकाे काम गर्दा-गर्दै राती भएकाे स्वीकार गर्दै उक्त पुल लगायत सडककाे काम २ वर्ष पहिले करीब १४ कराेडमा सम्झाैता भइ सम्पन्न भएकाेछ । काम कमअसल भएकाे छैन अरू विशेष जानकारी चाहिँ सडक कार्यालय विराटनगर वा रंगेली नगरपालिकामा जानकारी लिनु भनेर पंछिए ।
स्थानीयका अनुसरण रंगेली नगरपालिका र सुनवर्षी नगरपालिकामा हुने विकास निर्माणकाे धेरै जसाे काम आन्तरिक मिलाेमताेमा बिनिता श्री कन्ट्रक्सनलाई नै ठेक्का दिने गरेकाे छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]