भाेजराज घिमिरे
विराटनगर, साउन ३१ गते । पथरी शनिश्चरे नगरपालिका वडा नं-८ ले वडाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययन गर्ने नर्सरीदेखि कक्षा ५ सम्मका बालबालिकाहरुलाई लक्षित गरी हरेक तीन/ तीन महिनामा निरन्तर स्वास्थ्य परिक्षण कार्यक्रमको शुरूवात गरेका छन ।
`विद्यालयसँग स्वास्थ्य कार्यक्रम´ नारा दिएर पाँच दिन सम्म विद्यालयका बालबालिकाकाे स्वास्थ्य परिक्षण शिविर समेत सम्पन्न गरेकाे छ ।
शिविरमा आँखा, नाक तथा मुटुमा समस्या भएका बालबालिकाहरु समेत भेटिएको थियो । ती बालबालिकहरूलाई थप उपचारको लागि अस्पताल पुर्याएर निशुल्क उपचार गराउ सहयोग गर्ने वडा अध्यक्ष नवीन कार्कीले जानकारी गराए ।
वडाका बुद्ध माध्यमिक विद्यालय, दुर्गा आधारभुत विद्यालय मिलन आधारभुत विद्यालय, चौबिसे ऐकेडेमी र हाइल्याण्ड बोर्डिङ स्कुलमा स्वास्थ्य परिक्षण संचालन गरिएको थियो । उक्त अवसरमा ६ सयभन्दा बढी बालबालिकाको स्वास्थ्य परिक्षण गरिएको आधारभूत स्वास्थ्य केन्द्रका प्रमुख रुद्रबहादुर लिम्बुले जानकारी दिएका थिए।
त्यसैगरी वडाले जेष्ठकाे दाँत फुकाल्ने, दाँत लगाइ दिने, अपाङ्गता भएका ब्यक्तिहरुकाे घरमै पुगेर प्रत्येक दुई महिनामा स्वास्थ्य परिक्षण गर्ने, सुगर तथा प्रेसरको औषधि वितरण गर्दै आएकोे छ । निरोगी वडा निर्माणको लागि खुल्ला व्यमशाला निर्माण समेत गरेका छन ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]