सुनसरी, साउन २८ गते । सुनसरीको कोशी गाउँपालिका–८ मा लागुऔषध दुर्व्यवसनी निगरानी कक्षको स्थापना भएको छ ।
हिजो दिउँसो आईतवार आयोजित एक कार्यक्रमका विच कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक भीम बहादुर दाहालको प्रमुख आतिथ्यता लागुऔषध निगरानी कक्षको समुद्घाटन भएको थियो ।
समुद्घाटन कार्यक्रमलाई सम्वोधन गर्नु हुँदै प्रमुख अतिथि दाहालले समाजमा डरलाग्दो समस्याको रुपमा रहेको लागुऔषधको प्रयोगले अपराधिक घटनाहरुको बृद्धि हुने तथा युवा वर्गहरु लागुऔषधको कुलतमा लाग्दा व्यक्ति स्वयम, परिवार र राज्यलाई समेत दिर्घकालिन असर पुग्ने भएको हुँदा यसको रोकथाम तथा नियन्त्रणको लागि लागुऔषध दुर्व्यवसनी निगरानी कक्षको स्थापना गरिएको वताएका थिए ।
उक्त निगरानी कक्षमा प्रहरी नायव निरीक्षक सहित ६ जना प्रहरी कर्मचारीहरुलाई भण्टावारी स्थित सिमा नाकाबाट आवत जावत गर्ने संकित व्यक्तिलाई चेकजाँच, नियन्त्रण तथा काउन्सिलिङको लागि परिचालन गरिएको छ ।
इलाका प्रहरी कार्यालय भण्टाबारी परिसरमा स्थापना भएको निगरानी कक्षको उद्घाटन कार्यक्रममा स्थानिय जन प्रतिनिधि, समाजसेवी बुद्धिजिवी, संचारकर्मी लगायत स्थानियबासीहरु समेतको उपस्थिति रहेको थियो ।
उक्त समुद्घाटन कार्यक्रम जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक बिपिन रेग्मीको अध्यक्षता सम्पन्न भएको थियो ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]