राजेश कुमार राजवंशी
विराटनगर, साउन २८ गते । नेपाल आदीवासी जनजाति पत्रकार महासंघ (फोनिज) काे २५ अाैं पूरा गरेकाेमा अवसरमा वृक्षा राेपन एवम् शुभकामना अदान-प्रदान कार्यक्रम सम्पन्न गरेका छन ।
फाेनिज मोरङले आइतबार वृक्ष रोपन तथा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरी रजत जयन्ति मनाएको थियोे ।
साेही अवसरमा पथरीशनिश्चरे १० स्थित पशुपति सामुदायिक वन उपभोक्ता समितिको वन क्षेत्रमा फलफूल लगायत विभिन्न प्रजातिको विरुवा रोपेका छन ।
फोनिजको २५ औं स्थापना दिवस संघीय समिति काठमाडौं, युरोप, अमेरिका, नेपालको हरेक प्रदेश र जिल्लाहरुमा विभिन्न कार्यक्रम गरेर मनाइएको सगठनको संघीय अनुशासन आयोगको संयोजक एवम् प्रमुख अतिथि अर्जुन जम्नेली राईले बताए ।
शुभकामना दिने क्रममा राईले आम पत्रकारहरुलाई व्यवसायिक र भौतिक सुरक्षा चुनौती कायम रहेको प्रसंग उल्लेख गर्दै राज्य गम्भीर हुनुपर्ने बताए ।
फोनिज मोरङका जिल्ला अध्यक्ष दिनेश सुब्बाको सभापतित्वमा कार्यक्रम सम्पन्न भएकाे थियाे ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]