विराटनगर, साउन २७ गते । विराटनगरको हस्पिटल चौकमा १५ वेडवाट शुरु भएको गोल्डेल हस्पिटल सछांङ्ग माद्र्रै विराटनगर महानगर पालिका वडा नं. ११ मा आफ्नै सुविधा सम्पन्न १ सय सैया वेड भएको हस्पिटलको समुदेघाटन गरेका छन् ।
समुद्घाटन कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका मुख्यमन्त्री हिकमत कुमार कार्कीले हस्पिटलको समुद्घाटन गरेको हो । करीब ४८ करो लगानीमा बनेको नव निर्मित भवन ५ तल्लाको रहको छ ।
अबको केही समयपछि अस्पताल चौक र महेन्द्र चौकको नयाँ भवन गरी दुवै ठाउँबाट बिरामीलाई सेवा प्रवाह गर्ने भएको छ ।


गोल्डेन अस्पतालका बोर्ड अफ डाइरेक्टर सनातन मण्डलले उपस्थित सवैलाई स्वागत गर्दै भने १५ वेड देखि १ सय सैया सम्म पु¥याउन आम जनसमुदायको माया, ममता र स्नेहले सम्भव भएको वताउँदै पहिले निम्मन वर्गका विरामी मात्र गोल्डेनमा आउने गरेकोमा अव उच्च वर्गका पनि विरामी आउने गरी सुविधा सम्पन्न हस्पिटल वनाएको वताए ।
तीन दर्जन भन्दा बढी विशेषज्ञ डाक्टरहरु द्धारा सबै रोगहरुको उपचार हुने गरी सुविधा सम्पन्न हस्पिटल बनाएको मण्डलको भनाइ थियो ।
समुद्घाटन कार्यक्रममा पूर्व स्वास्थ्य मन्त्रीहरु, सांसदहरु, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका उच्च व्यक्तित्वहरु, राजनीतिक दलका प्रतिनिधीहरु, संघ संस्थाका उच्च व्यक्ति, नागरिक समाज, बुद्धिजीवी, स्वास्थ्य कर्मीहरु लगायतको उलेख्य उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रम डाक्टर श्याम रौनियारको बुवा गलाबचन्द रौनियारको अध्यक्षतामा सम्पन्न भएको थियो ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]