एन आई टी कालेजमा नि:शुल्क स्वास्थ्य परीक्षण
विराटनगर, साउन २६ गते । नेशनल ईन्स्टिच्युट अफ टेक्नोलॉजी (एन आई टी ) कलेजमा नि:शुल्क स्वास्थ्य आँखा परिक्षण र स्वास्थ्य जाँच शिविर सम्पन्न भएकाे छ ।
उक्त शिविरमा १ सय ५५ जनाले आँखा र स्वास्थ्य परिक्षण गराएका थिए । त्यस मध्ये ४४ जनाले डाईविटीज (सुगर) परिक्षण समेत गराएका थिए ।
आँखा परिक्षणमा हिमाल आंखा अस्पतालका डाक्टर सहित प्रविधिक टाेलीले सहयाेग गरेका थिए । त्यसैगरी एन आई टी कालेजले स्वास्थ्य परीक्षण र सन्चो रिफरेन्स ल्याबोरेटरी बिराटनगरले गरेका थिए ।
शिविरको शुभारम्भ बरिष्ठ जेष्ठ नागरिक बुच झाले रिबन काटेर गरेका थिए । शिविर विराटनगर महानगरपालिका वडा नं. ४ का अध्यक्ष जीतन थापाकाे प्रमुख आतिथ्यमा भएकाे थियो ।
समाज एवम् कार्यक्रमका अध्यक्ष लोकेन्द्र कार्कीले स्वस्थ्य शिविरमा सहयोग गर्ने संस्था र डाक्टर लगायत प्राविधिक टाेली र स्वस्थ्य परिक्षणका लागि आएका सबैमा धन्यवाद ज्ञापन गर्दै शिविर समापन गरेका थिए ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]