राजेश कुमार राजवंशी
विराटनगर, साउन २३ गते । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले आफ्नो स्थापना दिवसकाे अवसरमा एक पत्रिका सहित ६ जनालाई पुरस्कृत गर्ने भएकाे छ ।
साउन २७ मा हरेक वर्ष सम्मान तथा पुरस्कार प्रदान गर्दै आएको फाेनिजले यस वर्ष स्थापना भएकाे २५ वर्ष पुरा गरि २६ वर्ष प्रवेश गरेको अवसरमा स्थापना दिवस तथा रजत वर्ष समारोहमा प्रदान गरिने फोनिज राष्ट्रिय पत्रकारिता सम्मान, फोनिज राष्ट्रियपत्रकारिता पुरस्कार, र फोनिज मातृभाषा पत्रकारिता सम्मान छनौट सम्बन्धी निर्णय सार्वजनिक गरिएको छ ।
नेपालआदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को संघीय सचिवालय बैठकले पुरस्कार तथा सम्मानको छनौटका लागि पुरस्कार तथा सम्मान छनौट समिति गठन गरेको थियो ।सो समितिले प्रक्रिया बमोजिम सम्मान र पुरस्कारका लागि पत्रकार र संस्थाको नाम छनौट गरी संघीय सचिवालयलाई बुझाएको छ ।
सम्मान तथा पुरस्कारका लागि छनौट भएका फोनिजकर्मी र संस्थाहरूमा फोनिज राष्ट्रिय पत्रारिता सम्मानमा नगद राशी २५ हजारकाे विजयरत्न तुलाधार (अनलाईन) ललितपुर, फोनिज राष्ट्रिय पत्रकारिता सम्मान २५ हजारकाे पुष्पहरि क्याम्पा राई (टेलिभिजन) ओखलढुङ्गा, फोनिज मातृभाषा पत्रकारिता सम्मान २५ हजारको लौव अग्रासन (थारु) दाङ, फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार २० हजार सटेन्द्र जबेगु (अनलाईन) ईलाम, फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार २० हजार विष्णु तामाङ (छापा) काठमाडौं, फोनिज राष्ट्रिय पत्रकातिा पुरस्कार २० हजार राशीकाे खिमा गुरुङ (रेडियो) कास्कीलाई प्रदान गर्ने फोनिज राष्ट्रिय पत्रकारिता सम्मान छनौट समितिका संयोजक र फोनिजको कार्वाहक महासचिव समीर बलामीले जानकारी गराए ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]