चन्दन रौनियार
सुनसरी, साउन २२ गते । लायन्स इन्टरनेशनल अन्तर्गत रहेका लायन्स, लियो क्लबहरुको संयुक्त पदस्थापन कार्यक्रम सम्पन्न भएकाे छ ।
सुनसरी इटहरी स्थितरहेको दुर्गापाटी प्यालेसमा भएको कार्यक्रममा भारती श्रेष्ठ अध्यक्षतामा लायन्स क्लब अफ इटहरी मनकामना लगायतको नँया कार्य समितीको पदस्थापन गरिएको हो ।
नयाँ कार्य समितिको प्रथम उपाध्यक्षमा सिनेट रिजाल , सचिवमा विजया प्याकुरेल, कोषाध्यक्षमा भिम बहादुर श्रेष्ठ, सदस्यहरुमा तेजस्वी रिजाल, पृथ्विया थापा, रनिस घिमिरे, धिरज साह, सन्तोष पुरी, विदुर आचार्य रहेका छन ।
त्यसैगरी नयाँ सदस्यहरुमा रचना श्रेष्ठ, भीमप्रसाद पाण्डे, सुशिला आचार्य, प्रतिमा थापा, भूवन पराजुली, निश्चल श्रेष्ठ चयन भएका छन ।
लियो क्लब अफ इटहरी मनकामनाकी अध्यक्ष प्रतिभा अधिकारी, प्रथम उपाध्यक्ष मनिसा खड्का, द्धितिय उपाध्यक्ष शान्ती दाहाल, सचिवमा कृतिका उप्रेती, कोषाध्यक्षमा सृष्टी दाहाल र स्वर्णिमा अधिकारी चयन भएका छन ।
सदस्यहरुमा करण प्याकुरेल,रोजी श्रेष्ठ, रचित श्रेष्ठ,मनिसा ढकाल,ईशा दाहाल,प्रशंसा अधिकारी,अंस श्रेष्ठ रहेका छन् । नयाँ कार्यसमितिलाई कार्यक्रका प्रमुख अतिथी लायन्स डिष्ट्रिक्ट ३२५ सीका गर्भनर विकास अधिकारीले पदस्थापन गराइ सपथ गराएका थिए ।
लायन्स क्लब इटहरी सिटिजन्सका अध्यक्ष टंक फुयलको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा लायन्स क्लब अफ इटहरी सुनसरीका अध्यक्ष तेज बहादुर पुरी , एरिया चारका चिफ कोडिनेटर थानेस्वर ढकाल, लायन्स क्लब अफ इटहरी मनकामनाकी सस्थापक अध्यक्ष सुमी थापा, इटहरी ४ का समाज सेवी रमेश खती , माया घर नेपालकि अध्यक्ष शुभद्रा प्याकुरेल , ज्योति माविका प्रधानाध्यापक चिरन्जीवि भट्टराई, जनता बहुमुखी क्याम्पसका प्राध्यापक विमल नेपाल,पत्रकार चन्दन रौनियार ,पत्रकार पवन अधिकार ,पत्रकार दिपक कार्की ,विभिन्न संघसंघठनका अध्यक्ष प्रतिनिधिहरु लगाएको उपस्थीति रहेको थियो ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]