भोजराज घिमिरे
विराटनगर, साउन २२ गते । मोरङको बेलबारीमा खड्का आयल सेन्टरले सावरी साधनमा पेट्रोल भर्दा पेट्रको सट्टा सवारी साधनमा हावा दिएको पाइएको छ ।
सुन्दा आश्चर्य लाग्न सक्छ तर यो सत्य घटना हो । पेट्रोल भर्न आएका एक युवकलाई १३ लिटर क्षमता भएको मोटरसाइकलमा करिब २ लिटर रिजर्वमा थप १४.५ लिटर तेल खड्का आयल सेन्टरले हालिदिए पछि तेलसँगै हावा भर्ने काम हुँदो रहेछ भन्ने खुलेको छ । पथरीशनिश्चरे नगरपालिका निवासी विवश सुब्बाले तेल भर्दा खड्का आयलले सवारी साधनमा हावा भरिदिएको थियो ।
सुब्बाका अनुसार विराटनगर देखि घर फर्कने क्रममा खड्का आयलमा १३ लिटर क्षमता भएको ट्याङ्कीको ३५० सिसिको बुलेट बाइकमा तेल भरेका थिए । तर तेलको सट्टा हावा मात्र भरिएको सुब्बाले गुनासो रहेको छ ।
बाइकमा भएको करिब २ लिटर भन्दा बढी तेल हुँदा पनि १३ लिटर मात्र क्षमता भएको ट्याङ्कीमा १४.५ लिटर तेल हालेको मिटरमा देखिएको तर तेल भने सोही अनुसार नभएको सुब्बा बताउँछन् । सुब्बासँगै तेल भरेकी सावित्र सेर्माको पनि सोही कार्य भएको छ । ट्याङ्की पूर्ण भर्ने मनसायले करिब १ लिटर भन्दा बढी पेट्रोल रहेको स्कुटरमा रु ५०० को पेट्रोल भर्दा पनि नभरिएको तर जतिको त्यही तेलको मिटरले देखाएको सेर्मा बताउँछिन् ।
अन्य मानिसहरू पनि तेल भर्ना सुब्बा र सेर्मासँगै लाइनमा थिए तर सुब्बाले सचेत गराए पछि अन्य जोगिएको टेक बहादुर राई बताउँछन् । पथरीशनिश्चरे निवासी राई पनि पेट्रोल हाल्न त्यस बेला लाइनमा थिए । खड्का आयल सेन्टरलाई कानुनी कारवाही गर्न उनीहरूको माग रहेको छ । खड्का आयलले ग्राहकलाई जानी जानी ठगेको ग्राहकको गुनासो रहेको छ ।
हावा र इन्धनको अन्तरक्रियाबाट यसो हुन सक्ने वैज्ञानिक कारण रहेको छ । जब पम्पको तेलको पाइप रित्तो हुन्छ र हावा मिसिन्छ, त्यसले इन्धन पम्पको दबाबमा परिवर्तन ल्याउन सक्छ । दबाब परिवर्तन हुँदा मिटरले इन्धनको प्रवाहलाई गलत रूपमा मापन गर्न सक्छ । हावा र इन्धनको अन्तरक्रिया गर्दा इन्धनमा बबलहरू उत्पन्न हुन्छन् । यी बबलहरूले मिटरमा इन्धनको मात्रालाई बढी देखाउन सक्छन् ।
तर त्यसो हुने सम्भावना पनि कम रहेको गुणस्तर तथा नापतौल कार्यालय, विराटनगरका प्रमुख शम्भु कुमार झा बताउँछन् । आयल वितरण केन्द्रमा रहेको मेसिनमा एयर स्टेब्लरको व्यवस्था रहेको झाले जनाए । कैफियत भए मात्र मिटरमा इन्धनको मात्र बढी देखाउने झाको राय रहेको छ ।
नाप जाँचको लागि गुणस्तर तथा नापतौल कार्यालय, विराटनगरबाट टिम परिचालन गरिसकेको झाले बताएका छन् । खड्का आयल सेन्टरको लापरवाही वा जानी जानी गरेको केही कमजोरी भेटिए तत्काल तेल वितरणमा रोक लगाउने झाले जनाएका छन् ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]