विराटनगर, साउन २२ गते। मठ–मन्दिर, हाटबजार लगायत गाउँमा भिक्षा मागेर जीविका चलाउने शारिरीक रुपमा अपाङ्ग रहेकी विराटनगर महानगरपालिका वडा नं. ११ की ४२ बर्षिया दानावती मुखिया जग्गाा माफियावाट ठगिएकी छिन् ।
भिख मागेर जीविका चलाउने र केही रकम जोगाएर राखेकी मुखियाले विराटनगरमा आफ्नै जग्गा र घर होस भनी कटहरी गाउँपालिका वडा नं. ४ बस्ने महमद समीर मियाँसंग ५ धुर जग्गा खरीद गर्न बैना गरेकी थिईन ।
मियाँसंग ५ धुर जग्गा खरिद गर्न २०८० बैशाख २४ गते ५० हजार रुपियाँ बैना स्वरुप दिएकी थिइन । त्यसपछि मियाँलाई मुखियाले २०८० माघ १० गते थप ४ लाख दिएकी थिईन ।
मुखियाले गरेको बैना अवधि हुदाँ हुँदै पनि जग्गा धनी मियाँले विराटनगर–११ की मीना झालाई बिक्रि गरेको पिडीत मुखीयाले बताईन् । बैना गरेको रकम ४ लाख ५० हजार रुपैयाँ समेत फिर्ता नपाएको सुनाउँदै पीडित मुखीयाले ९ लाख ६ हजार रुपैयाँमा ५ धुर जग्गा खरीद गर्न बैना गरेकी थईन । तर जग्गा धनिले अरुसंग बढी रकम पाएपछि मुखीयालाई जग्गा नदिएर झालाई जग्गा बिक्रि गरेको पिडीत मुखीयाको आरोप छ ।
मुखीया न्यायका लागि जिल्ला प्रहरी कार्यालय, मोरङ, जिल्ला प्रशासन कार्यालय मोरङ र जिल्ला अदालत मोरङमा समेत पुगेकी थिइन् । पहिलो पक्ष भनीने मुखीया र दास्रो पक्ष भनीने समिर मियाँ बीच भएको बेना कगजमा समय भित्र जग्गा पास गराए वा नगारएमा कनुन बमोजिम हुने व्यहोरा उल्लेख गरिएको छ । तर सरोकारवाल भने पिडीतलाई न्याय नदि मोन बसेको दैखिन्छ । यता उनको छिमेकी निकी कुमारी साहले बेना गरेको जग्गा पीडित मुखीयाको नाममा पास गराउन सवै सरोकारवालाहरुसंग आग्रह गरेका छज् ।
पीडित पक्षमा समाजका अगुवाहरुले बेनागरेको जग्गा पास गराउन जग्गा धनीलाई दवाव दिनका लागि जिल्ला प्रशासन कार्यालय मोरङमा २०८१ जेष्ठ ११ गते निवेदन दर्ता गराएको थियो । तर दर्ता भएको द नंः ४८९ निवेदन माथि कुनै पनि पहल नभएको पीडितका आफ्न्त अजय कुमार राजवंशी र चेनेलाल खवासले गुनासोगरेका छन् ।
जिल्ला प्रशासन कार्यालय मोरङले जिल्ला प्रहरी कार्यालय मोरङलाई सोही निवेदनको सकलै आवश्यक कारवाहीका लागि पठाइ सकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]