विराटनगर, साउन १७ गते । काेशी तथा बक्राहा नदी व्यवस्थापन माेरंगले भाेजपुर र संखुवासभा जिल्लामा साेलार प्रविधी जडान गरि कृषकको खेती पानी पुग्ने गरि सिचाइकाे व्यवस्था मिलाएपछि कृषकहरू खुशी भएका छन ।
उक्त कार्यालयले आर्थिक वर्ष २०८०/०८१ काे बजेटमा एकीकृत उर्जा कार्यक्रम अन्तरगत ५२ लाख बजेट छुट्याइएकोमा ५२ लाख नै खर्च गरि साेलारबाट कृषकको खेतीमा सहजै सिचाइ गर्न पानी ल्याउन सक्ने भएपछि कृषकहरू खुशी भएकाे काेशी तथा बक्राहा नदी व्यवस्थापन माेरंगका ईन्जिनियर एवम् सूचना अधिकारी पुष्पमणि गाैतमले वताए । एकीकृत उर्जा कार्यकम अन्तरगत सतप्रतिशत काम भएकाे गाैतमकाे भनाई छ ।


त्यसैगरी नदी नियन्त्रण तर्फ ७ कराेड २५ लाख बजेट रहेकाेमा ७ कराेड २२ लाख २६ हजार खर्च गरि ९९ प्रतिशत उपलब्धि हासिल गरेकाे छ ।
वहुवर्षे कार्यक्रम अन्तरगत प्राथमिकता प्राप्त नदी कार्यक्रममा २९ कराेड ९५ लाख (एडिवी) काे बजेट रहेकाेमा १६ कराेड ५६ लाख खर्च गरि भाैतिक तर्फ ६० प्रतिशत र वित्तीय तर्फ ५५ प्रतिशत काम भएकाे गाैतमले वताए ।
काेशी तथा बक्राहा नदी व्यवस्थापन माेरंगले काेशी, बक्राहा, चिसाङ्ग, लाेहन्द्रा र डाँसबक्राहा खाेलाहरू व्यवस्थापन गर्ने गर्दछ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]