विराटनगर, साउन १४ गते । राजनीतिक दलका प्रमुख नेताहरूको तस्बिर राखी मृत्युको कामना गर्दै यज्ञ संचालन गर्ने पुष्कर खतिवडालाई प्रहरीले पक्राउ गरेकाे छ ।आफूलाई धर्मगुरु दाबी गर्ने पुष्कर खतिवडा झापाको बुद्धशान्ति घर भएर मण्डिखाटार बस्ने खतिवडालाई प्रहरीले सोमबार उनी बस्ने घरमा यज्ञ गरिरहेको अवस्थामा पक्राउ गरेको हो ।
उनलाई प्रहरी वृत्त महाराजगञ्जमा राखिएको छ । भीआईपीहरुको मृत्युको कामना गरेर यज्ञ सञ्चालन गरेपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता (एसपी) नवराज अधिकारीले बताए । उनले भने,‘मण्डिखाटारस्थित आफू बस्ने घरमा यज्ञ गरिरहेको अवस्थामा नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेका छौँ ।’

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]