विराटनगर, साउन ८ गते । पहिरोमा परी त्रिशुली नदीमा खसेर दुईवटा बस वेपत्ता भई ज्यान गुमाउनेहरू प्रति नेपाल साेनार समाज फाउन्डेसनले विराटनगरमा श्रद्धाञ्जली सभा गरेका छन ।
समाजले विराटनगरकाे पंचमुखी हनुमान मन्दिर अगाडि बी पल्टमा समाजका अगुवाहरूका साथ मृतक प्रति हार्दिक श्रद्धाञ्जली अर्पन गर्दै वेपत्ताहरूकाे अविलम्ब खाेजी गरि परिवारलाई जिम्मा लगाउन समाजकाे अध्यक्ष महेश कुमार स्वर्णकारले माग गरेका छन ।


श्रद्धाञ्जली सभामा बृहत् मधेशी नागरिक समाज, राजनीतिक दलका प्रतिनिधि, पत्रकार लगायतको उपस्थिति रहेकाे थियाे ।
अषाढ २८ गते बिहान ३ बजेको समयमा भरतपुर महानगरपालिका वडा नं. २९ सिमलताल भन्ने ठाउँमा अविरल वर्षाका कारण ठूलो पहिरो झरी बिरगंजबाट काठमाडौँ जाँदै गरेको विङर गाडी र काठमाडौँबाट गौरतर्फ आउँदै गरेको गणपति डिलक्स बस त्रिशूली नदीमा खसेका थियाे ।
बीरगन्जबाट आएको गाडीमा २४ जना र गणपति डिलक्समा ४१ जना यात्रु गरी ६५ जना सवार रहेको थियो ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]