जहदा, भाद्र १४ गते । कोरोना भाइरसको कारण निरन्तर भईरहेको लकडाउन, निषेधाज्ञाले घर संचालन गर्न अप्ठ्यारोमा परेका अति विपन्न परिवारलाई शनिवार खाद्य्यान सहयोग गरेको छ ।
जहदा गाउंपालिका वडा नं. १ का यूवा अभियन्ता जगरनाथ राय र टिका विसुनकेको पहलमा सोही वडाको असाहय, गरीब, अपाङ्ग, एकल महिला लगायतका परिवारहरुलाई खाद्य्यान सहयोग गरेको हो ।


सहयोग स्वरुप चामल, दाल, नुन, तेल, स्वायविन, लुगाधुने र नुहाउने साबुन, माक्स र टुटी सहितको पानी राख्ने बाल्टीन वितरण गरेको छ ।
उक्त सहयोग उपलब्ध गराउने समाजसेवी, संघ, संस्थालाई अभियन्ता राय र विसुनकेले हार्दिक अभार प्रकट गर्दै अगामी दिनमा पनि सहयोग उपलब्ध गराई समाज सेवामा समर्पित रहन प्रोत्साहित गरी दिन आग्रह समेत गरेका छन् ।
स्थानीय तहवाट कुनै सहयोग नपाएको तर गाउंकै यूवाहरुवाट खाद्य्यान सहयोग पाएकोमा विपन्न परिवार खुशी भएको थिए ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]