राजिव साह
मलंगवा, अषाढ २० गते । सुरक्षित आप्रवासन कार्यक्रम अन्तर्गत जनप्रतिनिधि र पत्रकार बीच अन्तरक्रिया तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
बिहिवार मलंगवा नगरपालिकाको सभाहलमा सुरक्षित आप्रवासन कार्यक्रम अन्तर्गत जनप्रतिनिधि र पत्रकार बीच अन्तरक्रिया तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हाे ।
मलंगवा नगरपालिकाले सुरक्षित आप्रवासन कार्यक्रम मार्फत नगरस्तरमा गरेको काम तथा जनस्तरमा परेको प्रभावको बारेमा छ्लफल गरेकाे छ ।
उक्त कार्यक्रममा नगर प्रमुख नागेन्द्र प्रसाद यादवले आउने दिनमा अझ प्रभावकारी रुपमा सुरक्षित आप्रवासनले कार्यक्रम मार्फत नगरभित्रका वैदेशिक रोजगारीमा गएकाहरुको तथ्यांक समेत राख्ने गरि काम गर्न निर्देशन समेत दएकाे छ ।
नगरपालिकाले सुरक्षित आप्रवासनका लागि थप सहयोग गर्ने नगर प्रमुख यादवले प्रतिबद्धता जनाएका थिए । कार्यक्रममा नगरपालिका कार्यालयका सूचना अधिकारी राजकुमार अधिकारी, सुरक्षित आप्रवासनका जयनरायण सिंह, वडा नं. ८ का वडा अध्यक्ष मुकेश जयसवाल, वडा नं. १० का वडा अध्यक्ष मुकेश झा, वडा नं. ३ का वडा अध्यक्ष प्रमोद राय, पत्रकार महासंघ सर्लाहीका अध्यक्ष टंक क्षेत्री लगायत सुरक्षित आप्रवासनका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रम संचालन सुरक्षित आप्रवासन सर्लाहीकी उपाध्यक्ष समेत रहेकि पुर्ण पोखरेलले गरेकी थिइन् । उक्त कार्यक्रम मलगवा नगरपालिकाे आयाेजनामा र नगर प्रमुख यादवकाे अध्यक्षता भएकाे थियो ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]