अमित ठाकुर
रौतहट, जेष्ठ २० गते । रौतहटमा गरिब बिपन्नका घर मधेश सरकारबाट बनाई दिने प्रलोभन दिई रकम ठगी गर्ने गिरोहलाई रौतहट प्रहरीले पक्राउ गरेका छन् ।
रौतहट जिल्लाको माधव नारायण नगरपालिका वडा नंबर ८ रजवाडा टोलमा बसोबास गर्दै आईरहेका गरिब बिपन्नलाई मधेश सरकारका शहरी विकास मन्त्रालयबाट गरिब बिपन्न परिवारलाई घर बनाई दिने कार्यादेश आएको भन्दै विभिन्न गरिब बिपन्न परिवार संग १० हजार देखि ४० हजार सम्म रकम ठगी गर्ने गिरोह पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायव उपरीक्षक एलिजा गिरीले बताएका छन् ।
पक्राउ पर्नेमा माधवनारायण नगरपालिका वडा नंबर ७ का ५२ बर्षीय रामनाथ माझी, सोही टोलमा बस्ने ३२ बर्षीय प्रकाश माझी, गरुडा नगरपालिका वडा नंबर ६ पोठियाही बस्ने ४० बर्षीय राकेश महरा, सोही नगरपालिका वडा नंबर ९ गेडिगुठी बस्ने २५ बर्षीय सिकेन्द्र ठाकुर, सोही नगरपालिका वडा नंबर ५ शिवनगर बस्ने ७१ बर्षीय मुगलाल महारा, सोही नगरपालिका वडा नंबर ९ श्रीराम लक्षमण सहनीको श्रीमती ४५ बर्षीय रामकली देवी पक्राउ परेकी छिन ।
यिनीहरुले गरिव बिपन्न रहेका ब्यक्तिहरु संग मलाई मधेश प्रदेश सरकारबाट जनता अवास (घर) बनाउने जिम्मा मिलेको हो अलि अलि खर्च लाग्छ भनी प्रलोभनमा पारी रकम ठगेको आरोपमा पक्राउ परेको प्रहरी नायब उपरीक्षक गिरीले बताएका छन् । पक्राउ परेका ब्यक्तिहरु माथि थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]