भोजराज घिमिरे
विराटनगर, जेष्ठ १९ गते । समुदायिक सेवा केन्द्र तिनपैनी र सामुदायिक जनसेवा मञ्च निपैनीको आयोजनामा दुव्र्यसन विरुद्ध अभिभावक सचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ ।
सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सम्पन्न उक्त कार्यक्रममा लागु औषध भनेको के हो, व्यक्ति, समाज, राष्ट्र तथा परिवारमा यसले के कस्तो प्रभाव पार्दछ, लागु औषध मानिसहरूले के कारणले गर्दा सेवन गर्न बाध्य हुन्छ, सेवनकर्ताहरुमा लागु औषधको सेवन पश्चात् के कस्ता लक्षणहरू देखा पर्दछन्, यसको कुलतमा फसेकाहरूलाई कसरी सुधार गर्ने सकिन्छ लगायतको विषयमा जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक वेद प्रकाश जोशीले सहजीकरण गरेका थिए ।


दुव्र्यसन विरुद्ध अभिभाव कार्यक्रमका प्रमुख अथिति कोशी प्रदेश प्रहरी कार्यलयका प्रमुख नायब महानिरीक्षक चन्द्र कुवर खापुङ, विशिष्ट अथिति जिल्ला प्रहरी कार्यल मोरङका प्रमुख प्रहरी उपरीक्षक नबराज कार्की, अथितिहरु ट्राफिक प्रहरी कार्यलय मोरङका प्रमुख प्रहरी निरीक्षक सुमन न्यौपाने, बिराटनगर महानगरपालिकाकी अधिकृत सुनिता पौडेल आधर्श माध्यमिक विद्यालयका सह–प्राध्यापक भगीरथ पोख्रेल लगायतको उपस्थिति थियो ।
स्वागत मन्तव्य सामुदायिक प्रहरी सेवा केन्द्र उपाध्यक्ष पुर्ब प्रहरी उपरीक्षक विद्यानन्द माझीले दिनु भएको थियो । कार्यक्रम सञ्चालन सामुदायिक प्रहरी सेवा केन्द्रका सचिब भोजराज र प्रहरी हल्दार तुलसा खडका गर्नु भएको थियो ।
विराटनगर महानगरपालिकाको सहयोगमा भएको कार्यक्रमा विद्यार्थी, शिक्षक, अभिभावक र सामुदायिक प्रहरी सेवा केन्दका सदस्हरुको उल्लेख्य उपस्थिति रहेको थियो । उक्त कार्यक्रम सामुदायिक प्रहरी सेवा केन्द्र मोरंगका अध्यक्ष मिना जोशीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]