विराटनगर, जेष्ठ १६ गते । जनता समाजवादी पार्टी नेपालवाट छुटिएर बनेको जनता समाजवादी पार्टीको मोरंग जिल्ला तदर्थ समिति गठन भएको छ ।
जनता समाजवादी पार्टी (जसपा) लाई नेपालको संविधानको धारा २६९ तथा राजनितिक दल सम्वन्धी ऐन २०७३ को दफा ३३ र राजनितिक दल सम्बन्धी नियमावली २०७४ को नियम ५ बमोजिम निर्वाचन आयोगले बैशाख २४ गते दर्ता नं. १९८ को दल दर्ता प्रमाण पत्र दिएको थियो ।
जसपा मोरंग जिल्ला तदर्थ समिति मोहम्मद नसरुलको अध्यक्षतामा ३१ सदस्य कमिटि गठन गरको छ । त्यसैगरी उपाध्यक्षमा सत्य प्रकाश लुनिया, सचिव विकास कुमार मण्डाल, सहसचिव खड्ग राई, अर्जुन कुमार साह, कोषध्यक्ष जानकी सुवेदी, सह कोषाध्यक्ष सलमा खातुन लगायत ३१ सदस्य कार्यसमिति गठन भएको छ ।
जनता समाजवादी पार्टी नेपालको अध्यक्ष उपेन्द्र यादवले सामूहिक नेतृत्वको बदलामा एकल नेतृत्वको अभ्यास, पार्टीको सांगठनिक पद्धतिलाई नस्वीकार्ने, पार्टीको आन्तरिक लोकतन्त्रलाई कुण्ठित पार्ने, सह अस्तित्व, सहकार्यको संस्कृतिलाई लत्याउने, सैद्धान्तिक वैचारिक अस्पष्टता, पार्टीको विधि विधान र मार्गदर्शक सिद्धान्त विपरीत अभिव्यक्ति दिने, स्वेच्छाचारी ढंगले पार्टी सञ्चालन गर्ने, पार्टीको महाधिवेशन सञ्चालनमा एकल निर्णय लादने, निरंकुश कार्यशैली, पुराना पार्टीहरुमा विद्यमान विकृति, विसंगति को भद्दा अभ्यास र व्यवहार अंगाल्ने, गुट, उपगुट, परिवारवाद र क्षेत्रीयतावादी संकुचित मानसिकता र व्यवहार प्रदर्शन गर्ने पश्चगामी मनोविज्ञान हावी भएको आरोप लगाउँदै पार्टी विभाजन भएको हो ।
जनता समाजवादी पार्टीको कोशी प्रदेश सभा सदस्य माननीय निर्मला तावा लिम्बुले आफु कोशी प्रदेशको स्वास्थ्य मन्त्री बन्दा सचिवालमा आफ्नो मान्छे राख्न र स्वास्थ्य क्षेत्रमा सरुवा र नियुक्तिमा उपेन्द्र यादवको श्रीमति पार्वती यादवले विभिन्न दवाद दिई मानसिक तनाव दिएको आरोप समेत लगाए ।
जनता समाजवादी पार्टी नेपालको अध्यक्ष उपेन्द्र यादवले महाधिवेशनको मुखमा आएर १ लाख ४० हजार सक्रिया सदस्य बनाएको महाधिवेशनमा देखाई दिने धम्की दिएको, जातिवाद र नातावाद हावी भएकोले छुट्टै पार्टी बनाउनु परेको माननीय लिम्बुले वताए ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]