विराटनगर, जेष्ठ १० गते । मोरंगको रंगेली नगरपालिका जनप्रतिनिधी र कर्मचारी मिलेर एक यूवालाई दुव्र्यव्यवहार रहस्य खुलेको छ ।
रंगेली नगरपालिका वडा नं. ६ को गणेश सहनीले विराटनगरमा पत्रकार सम्मलेन गरी आफुमाथि जनप्रतिनिधी रंगेलीका नगरप्रमुख एवंम् न्यायक समितिका संयोजक भुमा कुमारी पराजुली र कर्मचारी उजुरी प्रशासक पशुपति लाल दासले बारम्बार गाली–गलौच गरी दुव्र्यवहार गरेको आरोप लगाएको हो ।
सहनीले भने मैले आफ्नो हक भोगको जग्गा सम्बन्धि मुद्दा लिएर जाँदा न्यायिक समिति संयोजक पराजुलीले जग्गा सम्बन्धि विवाद हाम्रो क्षेत्राधिकार भित्र पर्दैन भने तर केही दिन पछि सोही किसिमको मुद्दा मेरो बुवा जागरेश्वर सहनी माथि हाल्न आएपछि सो मुद्दा दर्ता भयो । उक्त मुद्दामा मेरो नाम नभएपनि उजुरी प्रशासक पराजुलीले धाक धम्की दिदै फोनमार्फत बोलाएको सहनीले वताए ।
सोही ठाउँबस्ने बुधनी देवी सहनीले मेरो नाम समेत जोडेर सिमानाको रुख, विरुवा असर गरेको भन्दै रंगेली नगरपालिकामा उजुरी दर्ता गराएका थिए । उजुरीमा दावी गरेको रुख विरुवा र जग्गा मेरो नभएकोले त्यसैमा मेरो कुनै संलग्नता छैन तरपनि प्रतिउत्तर लिएर जाँदा पराजुली र दासले तथानाम गाली गरेको र सो मुद्दामा सर्जमिन जाँदा त्यसमा मेरो संलग्नता छैन तर पनि म माथि उजुरी ग¥यो उजुरी कर्तालाई अब के गर्नु हन्छ भनी प्रश्न गर्दा उजुरी प्रशासकले त्यहां पनि लुच्चा, फट्हा जस्तो शब्द प्रयोग गरेको हुँदा पराजुली र दास माथि गाली वेइजजतीको उजुरी लिएर रंगेली नगरपालिकाका प्रमुख दिलीप कुमार अग्रवालकोमा गएको थिए ।
तर प्रमुख अग्रवालले पनि मलाई नै उल्टै गाली गलौच गरी मोवाईल फुटाई दिएको थियो । त्यस पश्चात प्रहरीलाई बोलाई पक्राउ गरी हिरासतमा राख्न आदेश दिएको थियो । तर मैले कुनै गल्ती नगरेकाले प्रहरीले मलाई समातेन्न सहनीले वताए ।
त्यसैले म माथि जनप्रतिनिधी र कर्मचारीले गत चैत ९ गते र बैशाख १८ गते गरेको दुव्र्यवहारको सिसी टिभीको फुटेज सार्वजनिक गरी मैले गल्ती गरेको छु भने म जस्तो सुकै सयाज भोग्न तयार छु । यदि म माथि दुव्र्यवहार भएको छ भने दुव्र्यवाहार गर्ने माथि सम्बन्धित निकायले कारवाही गरोस भनी मेरो माग रहेको सहनीको भनाई छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]