विराटनगर, भाद्र १२ गते । निगुरो टिप्न तीन जना भाईहरु संग गएको एक किशोरीको बलात्कार भएको छ ।
मोरंग बेलवारी नगरपालिका वडा नं. ११ की १६ वर्षिय दलित किशोरीमाथि अनौठो किसिमले बलात्कार भएको छ ।
घटनाको विवरण अनुसार लक्ष्मीमार्गको जंगलमा निगुरो टिप्दै गरेको टिप्दै गरेको ठाउंमा स्थानीय होम तामाङले चारै जनालाई नियन्त्रणमा लिएर घटना गराएको प्रहरीले वताएको छ ।
निगुरो टिप्न भएका तीनजना किशोर र एक जना किशोरीलाई डर धाक देखाउँदै पहिले तीनै जना किशोरहरुलाई किशोरीमाथि पालैपालो बलात्कार गर्न लगाएर त्यसपछि तामाङले बलात्कार गरी फरार भएको खुलेको छ ।
नियन्त्रणमा लिँदै नाता सम्बन्धका १२, १३ र १४ वर्षको बालकहरुलाई १६ वर्षको किशोरीमाथि बलात्कार गर्न लगाएर आफूले पनि बलात्कार गर्नु भनेको अनौठो घटना भएको प्रहरीले वताए ।
किशोरीको शरीरका केही भागमा चोटपटक पनि रहेको छ । उनलाई उपचार र स्वास्थ्य परीक्षणका लागि प्रहरीले बिहीबार विराटनगरको कोशी अस्पताल ल्याएको छ । प्रारम्भिक स्वास्थ्य परीक्षणबाट बलात्कारको पुष्टि भएको प्रहरीले जनाएको छ ।
किशोरीका अभिभावक र आफन्तले इलाका प्रहरी कार्यालय बेलबारीमा तामाङविरुद्ध बुधबार किटानी जाहेरी दिएपछि प्रहरीले बालकहरुसंग बयान लिने काम गरेको छ ।
बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालका अनुसार तामाङले धम्की दिएर आफूहरुलाई जबरजस्ती बलात्कार गर्न बाध्य पारेको बालकहरुले बताएका छन ्। बलात्कारमा संलग्न तामाङ फरार रहेकाले खोजी भईरको र घटनाको गम्भीर ढंगले अनुसन्धान अघि बढाइएको जानकारी ढकालले वताए ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]