विराटनगर, बैशाख ३० गते । बाशुकिनाथ मन्दिर विराटनगर र जिल्ला प्रहरी कार्यालय मोरङ्ग परिसरमा जलवायु परिवर्तन र वतावरण संरक्षणकाे लागि शिवलिङ्ग बिरुवा रापिएका छन ।
नेपाल सोनार समाज फाउण्डेसनको आयोजना तथा जनकपुर वन प्राविधिक समाज र नेपाल भारत रेल यात्रु सहजीकरण समितिको सहयोगमा शिवलिङ्ग बिरुवाहरू रोपिएको हाे ।
वासुकी नाथ मन्दिर र जिल्ला प्रहरी कार्यालय मोरङ्ग परिसरमा विधिविधान सहित पूजा अर्चना गरी माननीय प्रदेश सांसद भीम पराजुली र जिल्ला प्रहरी कार्यालय मोरङ्ग प्रमुख प्रहरी उपरीक्षक नवराज कार्कीले अत्यन्तै दुर्लभ शिवलिङ्गको बिरुवा राेपेका हुन ।
भारतको गुरु शंकराचार्यले नेपालको स्वर्गिय राजा वीरेन्द्रलाई मायाको चिनो स्वरुप दिएको एक थान शिवलिङ्ग को विरुवा जुन स्वर्गिय राजा वीरेन्द्रले जनकपुर धाममा जानकी मन्दिर परिसरमा रोपेका थिए । सोही बिरुवाबाट जनकपुर वन प्राविधिक समाजले बिरुवा उत्पादन गरेर विभिन्न ठाउँहरूमा रोपण गर्दै आईरहेका छन् ।
कार्यक्रममा नेपाल सोनार समाज फाउण्डेसनका अध्यक्ष सामाजिक अभियन्ता तथा नेपाली कांग्रेस प्रचार प्रसार विभाग सदस्य महेश साह स्वर्नाकर, जनकपुर वन प्राविधिक समाजका प्रमुख तथा वृक्ष मानव पर्यावरण अभियन्ता सुरेश शर्मा, नेपाल भारत रेल यात्री सहजीकरन समिति भारतरेल यात्री सहजीकरण समिति का पदाधिकारी, सुस्मिता ठाकुर, पवन साह, किरण राय, विकाश मंडल लगायत दर्जनौ विशिष्ठ व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]