विराटनगर, बैशाख २४ गते । मोरंग उद्योग व्यापार संघको ३४ औं कार्यसमितिको निर्वाचनमा सबै पदाधिकारी निर्र्विरोध भएका छन् ।
संघको विधान÷नियमावली अनुसार वाणिज्य तर्फ ८ जना र उद्योग तर्फ ८ जना सदस्यको लागि निर्वाचन गर्न लागिएकोमा सोही संख्यामा उम्मेदवारी दर्ता भएपछि सम्पूर्ण पदाधिकारी निर्विरोध भएका छन ।
संघको ३४ औं कार्यकारिणी समितिको अध्यक्ष पदका लागि निर्वाचित कार्यकारिणी सदस्यहरूले सर्वसम्मत रुपमा राठीलाई अध्यक्ष निर्वाचित गरेका हुन् । वरिष्ठ उपाध्यक्षमा अनिल साह, उपाध्यक्षमा क्रमश विकाश कुमार बेगवानी र अनिल सारडा निर्वाचित भएका छन् ।
संघको महासचिवमा सञ्जय श्रेष्ठ, सचिवमा अमित सारडा, कोषाध्यक्षमा राजेश बगडिया (अग्रवाल) र प्रवक्तामा दिपेश सुवेदी चुनिएका छन् । कार्यकारीणी सदस्यहरुमा सुशिल सुराना, विवेक अग्रवाल, मनिषकुमार मारु, देवाशिस गोल्छा, विनित सिंघानीया, अमित राठी, आशिष जाजु, पवन राठी, गोपाल अग्रवाल, ओमप्रकाश शर्मा, कृष्णप्रसाद रिजाल, बन्दना जैन, धिरज मोहता, विनोद बोहरा, डा.दिपेन्द्र नौलखा, पंकज गोयल र संजिव श्रेष्ठ निर्विरोध भएका छन् ।
त्यसैगरी कार्यसमितिले बिनोद बोहरा, डा. दिपेन्द्र नौलखा, पंकज गोयल र संजिव श्रेष्ठलाई आमन्त्रित सदस्यको रुपमा मनोनयन गरिनुका साथै संघको युवा उद्यम समितिको संयोजकमा अमित अग्रवाल र महिला उद्यम समितिको संयोजकमा श्रीमती श्रुती शर्मालाई मनोनयन गरेको संघले जनाएको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]