विराटनगर, बैशाख २३ गते । जनता समाजवादी पार्टी फुटेर अशोक राईको नेतृत्वमा नयाँ पार्टी गठन हुने भएको छ ।
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा), नेपाल विभाजन गरी पार्टीका वरिष्ठ नेता अशोक राईको नेतृत्वमा नयाँ दल गठन हुने भएको हो ।
नयाँ राजनीतिक दलको नाम जनता समाजवादी पार्टी नेपालबाट नेपाल हटाएर जनता समाजवादी पार्टी मात्र राखिएको छ ।
विभाजनको पक्षमा ८ जना सांसद उभिएका छन् । जसमध्ये सात जनाले हस्ताक्षर गरिसकेका छन् । हस्ताक्षर गर्नेहरुमा राईसहित प्रदीप यादव, सुशीला श्रेष्ठलगायत छन् ।
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव भने हाल अमेरिकाको भ्रमणमा रहेका छन् । उनी आज राति नेपाल फर्कने कार्यतालिका रहेको छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]