विराटनगर, बैशाख १३ गते । नेपाल उद्योग परिसंघ, युवा उद्यमी समिति काेशी प्रदेश बिराटनगरले वैशाख १६ गते “नेपाली बजारमा युवा विकास र अवसरहरुकाे बारेमा छलफल गर्ने भएकाे छ ।
नेपाली बजारमा नै युवा विकास र अवसरहरुको बृद्वि गरी विदेशी देशहरूमा अध्यागमनको प्रवृत्तिलाई घटाउने एउटा प्रयास स्वरूप छलफल गर्न लागेकाे नेपाल उद्योग परिसंघ, युवा उद्यमी समिति काेशी प्रदेश कार्वाहक अध्यक्ष मुनन रिजालले वताए ।
देशको भविष्य युवाको हातमा हुन्छ तर हामी नेपाली युवाहरु विदेश पलायन भइरहेकाले ब्रेन ड्रेन अवस्थाको सामना गरिरहेका छौं। यो समस्यालाई न्यूनीकरण गर्न हामी हामा युवाहरुलाई नेपालमा रहेका अवसरहरुबारे चेतना गराएर विकास गर्न चाहेको रिजालको भनाइ छ ।
उक्त छलफल कार्यक्रम मार्फत आर्थिक क्षेत्र का बिविन्न ब्यक्तित्वहरू सांग रोज़गारीकाे बारेमा छलफल हुने नेपाल परिसंघ काेशी प्रदेशका वरिष्ठ उपाध्यक्ष प्रकाश मुन्दडाले वताए ।
वक्ताकाे रूपमा सन्तोष राठी – बैंकिङ क्षेत्र, गिरिजा सारडा औध्योगिक क्षेत्र, राजन श्रेष्ठ होटेल तथा पर्यटन क्षेत्र, रीता खतिवडा सरकारी निकाय (श्रम तथा रोज़गार क्षेत्र) डेनिस कार्की – चिकित्सा क्षेत्रकाे रहनेछ
रोजगारीको सीप र व्यवसायहरुको आवश्यकताहरुमा अन्तरदृष्टि प्रदान गर्न शिक्षा प्रणालीले सै‌द्धान्तिक ज्ञान प्रदान गर्दछ तर वास्तविकतामा रोजगारीको लागि व्यावहारिकताको कमी छ, त्यसैले अन्तरदृष्टि फैलाउन सुरु गरि युवाहरुलाई क्यारियर निर्माणको लागि, वर्तमानमा आवश्यक पर्ने सीपहरू र अवसरहरु प्राप्त गर्न मद्दत पुग्नेछ ।
उद्यमी तथा विराट नर्सिङ एण्ड विराट टिचिङ अस्पतालका संस्थापक डा ज्ञानेन्द्र कार्कीले नेपाललाईनै आफ्नो गन्तव्यको रुपमा रोज्ने थलों बनाउन युवाहरूलाई प्रेरित पार्ने कि आकर्षक उपायहरू वताउने छ । वहाँबाट यूवाहरूलाई बिदेश पलायनको सोच र प्रब्रितिलाई तोड़ने महत्वपूर्ण रहने आयाेजकले विश्वास लिएकाे छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]