बारा, भाद्र १२ गते । सशस्त्र प्रहरी बलका कर्मचारीहरुको जिम्मेवारी परिवर्तन गर्ने बेला कोरोना परिक्षण गराउँदा ४७ जनामा संक्रमण पुष्टी भएको छ ।
नेपाल–भारतको बारा, पर्सा र रौतहट जिल्लाको सिमानाकामा खटिएका सशस्त्र प्रहरीबलमा कोरोना पुष्टी भएको हो ।
सशस्त्र प्रहरी बलका संक्रमित प्रहरी जवानहरुलाई आइसोलेसनमा राखिएको छ । महामारीका बेला सुरक्षा निकायमा कर्मचारीको सरुवा भएपछि रवाना हुनुअघि कोरोना संक्रमण परीक्षण हुँदै आएको छ
सीमामा कार्यरत रहँदा र क्वारेन्टिन व्यवस्थापन गर्दा उनीहरुमा संक्रमण फैलिएको हुनसक्ने आशंका गरिएको छ । अहिले संक्रमितको कन्ट्याक्ट ट्रेसिङ गर्ने कार्य थालिएको छ ।
मुलुक भर हालसम्म ५ सय २ सशस्त्र प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]