विराटनगर । रामनवमीको अवसरमा युवाहरुले श्रीराम र हनुमान अंकित झण्डा सहित निकालिएको ¥यालीमा अर्को समूहले अवरोध गरेपछि झड्प भएको थियो ।
सो झड्पलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर र अश्रुग्याँस समेत प्रहार गरेपछि विराटनगरको रानी क्षेत्र तनाव ग्रस्त भएको थियो ।
सो झड्मा विराटनगर–१५ का १८ वर्षिय शुभम कुमार यादव र एक जना ८ वर्षिय बालकको समेत टाउँकोमा चोट लागेको छ । यादवका अनुसार हाम्रो ¥यालीमा मुस्लिम समुदायका यूवाहरुले हस्तक्षेप गरेको र प्रहरीले पनि ¥यालीमा आएकोहरु माथि नै दमन गरको वताए ।


स्थानीयबासीका अनुसार विराटनगरको १५ र १७ को बीचमा रामनवमीको सन्दर्भमा एउटा समूहले ¥यालीलाई अवरोध भएपछि विवाद बढेको थियो । अहिले रानी क्षेत्रमा प्रहरीको बाक्लो उपस्थिति छ । विराटनगरका हिन्दु धार्मिक संघ संस्थाले निकालेको र्यालीमा मुस्लीम समुदायको यूवाहरुले अवरोध गरेपछि झडपको स्थिति सिर्जना भएको थियो ।
त्यसैगरी प्रहरी तर्फ प्रहरी सहायक निरीक्षक रुपेश थपलिया सहित ३ जना प्रहरी जवान समेत घाईते भएको छ । स्थितिलाई नियन्त्रण गर्नका लागि केही राउण्ड हवाई फायर र केही सेल अश्रुग्यास पनि प्रहार गरेको मोरङ प्रहरी उपरीक्षक नवराज कार्कीले बताए ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]