विराटनगर, बैशाख ४ गते । ‘डिग्री माइला’ फिल्मका कलाकारहरु, दयाहाङ राइ, आचल शर्मा, बिजय बराल कार्यकारी निर्माता मणिराम पोखरेल लगायतले दर्शकलाई धन्यवाद दिन र प्रतिक्रिया बुझ्नका लागि विराटनगर आएका छन् ।
नेपाली दर्शकहरुको अपार माया पाएपछि नेपाली फिल्म ‘डिग्री माइला’ का नायक दयाहाङ राई र नायिका आचल शर्मा लगायतको टिम मंगलबार विराटनगर आइ भाटभटेनी सुपर मार्केटको क्यूएफएक्स हलमा पत्रकारहरुसंग भेटघाट समेत गरेका थिए ।
नेपाली फिल्म ‘डिग्री माइला’ शुक्रबारदेखि देशभरीका सिनेमा हलहरूमा प्रदर्शन भई रहेको छ । फिल्म हेर्ने दर्शकलाई प्रत्यक्ष भेटेर धन्यवाद दिदै फिल्मका राम्रा र नराम्रा पक्षबारे प्रतिक्रिया लिनुका साथै फिल्मको प्रचार प्रसार गर्ने उद्देश्यका साथ विराटनगर आएको कार्यकारी निर्माता मणिराम पोखरेलले वताए ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]