विराटनगर, चैत ३ गते । नयाँ वर्ष २०८१ सँगै विश्व कला दिवसको अवसरमा शुभकामना आदान प्रदान र कोशी प्रदेशका कलाकारहरुसँग सिने क्षेत्रका समस्या र समाधान विषयक बृहत अन्तरक्रिया कार्यक्रम विराटनगरमा सम्पन्न भएको छ ।
चलचित्र पत्रकार संघ नेपाल कोशी प्रदेशको आयोजना र चलचित्र पत्रकार संघ मोरंग शाखाको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथी विराटनगर महानगर पालिकाका प्रमुख नागेश कोइराला रहेका थिए ।
अन्तरक्रियाको वक्ताहरुको रुपमा रहेका वरिष्ठ कलाकार प्रेम सुब्बा, हल व्यवसायि कुबेर शर्मा, चलचित्र निर्देशक केशव रायमाझी र गायक तथा कलाकार श्रीकृष्ण लुइँटेल ’बोकेदार्ही’ संग सिने क्षेत्रमा देखिएको समस्या र समाधानका उपायका बारेमा छलफल भएको थियो ।
टिप्पणीकर्ताको रुपमा चलचित्र निर्देशक तथा नेपाल पत्रकार महासंघ केन्द्रिय सदस्य भीषण राई रहेका थिए । सिने क्षेत्रमा देखिएको समस्यालाई समाधन गर्न संघिय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले पहल गर्नुपर्नेमा कलाकारहरुले जोड दिएका थिए ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]