विराटनगर, बैशाख ३ गते । मेची देखि महाकाली सम्मका गद्दारहरुको भण्डाफोर गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेताहरुले वताएका छन् ।
काठमाडौँमा चैत २७ गते गरेको आन्दोलनमा घाइते भएका बर्दियाका ठाकुरप्रसाद डाँगीको उपचारको क्रममा मृत्यु भएपछि विराटनगर–९ स्थित गुद्री बजारमा आयोजना गरिएको विरोध तथा श्रद्धाञ्जली सभाका वक्ताहरुले सो कुरा वताएका हुन् ।
राप्रपाका सह प्रवक्ता दिनेश साहले भने राप्रपाले काठमाण्डौमा गरेको शान्तिपूर्ण आन्दोलनमा गरेको दमनका कारण राप्रपाको मधुवन नगरपालिका अध्यक्ष समेत रहेका डाँगीको वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचारको क्रममा मृत्यु भएको छ त्यो शोकलाई शक्तिमा बदलेर जनता विरोधी सरकारमा रहेका मेची देखि महाकाली सम्मका गद्दारहरुको भण्डाफोर गर्ने वताएका छन् ।
त्यसैगरी राप्रपाका केन्द्रीय सदस्य मनोज बस्नेतले श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै शान्तिपूर्ण आन्दोलनमा दमन गर्ने गृहमन्त्रीको राजीनामा माग गर्दै काठमाण्डौंको विरोध सभा कास्टीङ्ग मात्र भएको अब देश भरी नै सरकारको विरोधमा प्रदर्शन गर्ने वताए ।
सत्तामा रहेका राजनीतिक दलहरुको खिचातानको कारण देशमा रहको व्यपारीहरुले मृत्यु वरण गर्न बाध्य भएका छन् । नेपाली जतनको भावना माथि सरकारले कुठाराघात गरेका कारण देशको अवस्थालाई परिवर्तन गर्न व्यवस्था बदल्न देशभरी आन्दोलन चर्काउने राप्रपाका नेता अशोक पौडेलले वताए ।
सो श्रद्धाञ्जली तथा विरोध सभामा राप्रपा विराटनगर महानगरपालिका उपाध्यक्ष सवित्रा न्यौपाने, अध्यक्ष विकास लिम्बू, मोरंग क्षेत्र नंं. ६ अध्यक्ष रतन तामाङ, मोरंग जिल्ला अध्यक्ष राजेश मास्के लगायतले भ्रष्टाचारी सरकारको विरुद्ध कडा आन्दोलन गर्ने चेतावनी दिएका थिए ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]