कलैया, भाद्र १२ गते । कलैया अस्पतालमा एक गर्भवती महिलाको उपचारमा स्वास्थ्यकर्मी स्टाफहरुले लापार्वाही गरेको भन्दै मडिकल सुपरिटेन्डेन्ट माथि कारवाही गर्न माग गरको छ ।
बारा जिल्लामा एक मात्र जिल्ला अस्पताल कलैयाको मेडिकल सुपरिटेनडेन्ट विरेन्द्र मण्डललाई कारवाहीक गर्न माग गर्दै जिल्ला प्रहरी कार्यालय कलैयामा जाहेरी परेको छ ।
कलैया उपमहागरपालिका वडा नं. ७ को अन्तिमा कुमारीलाई सुत्केरी गाराउनका लागि आएका थिए । स्टाफको लापार्वाहीले गर्भमै वच्चाको मृत्यु भएको थियो ।
गर्भवती अन्तिमा कुमारीको आफन्त सुभाष भगत मालीका अनुसार ड्यूटीमा रहेको स्टाफ हरुको लापार्वाहीले बच्चाको ज्यान गएको आरोप लगाएको छ ।
बच्चाको मृत्यु भएपछि अस्पतल क्षेत्र भित्र तनाव बढेको थियो । तनावलाई शान्त पार्न जिल्ला प्रहरी कार्यालयवाट खटिएको प्रहरीले दुवै तर्फको कुरा सुनेर पिडितलाई सम्झाई बुझाई गरी कानुनी प्रक्रिया अगाडी वढाउन सल्लाह दिएको थियो । स्वास्थ्य कर्मीको अनुसार गर्भवत्तीको स्थीति गम्भीर भएकोले विरंगन्ज लान जानकारी दिई सकेको वताए ।
पिडित परिवारले अस्पतालमा कार्यरत डाक्टर, नर्स लगायत स्टाफहरुको लापर्वाही भएकोले सवैलाई कारवाही गरी पाउन उजुरी दिएको छ ।
म आफै विरामी भएको कारण डेरामा अराम गर्दै थिए । अस्पतालमा के भयो भने मलाई जानकारी भएन बताए । मण्डल आफू वच्नको लागि अस्पतालमा कर्मचारी र स्रोत साधनके कमीको कारण केही समस्याहरु आई रहेको जानकारी गराए ।
पिडित परिवारको जाहेरी परेपछि अनुसन्धान भई रहेको कलैयाका प्रहरी नायव उपरिक्षक गौतम मिश्रले जानकारी दिए । एक महिना भित्रै दुई अवोध वच्चा जन्मन साथ मृत्युको छ । कलैया अस्पतालमा मेसुले आफ्नो पत्नीलार्य सिनियर स्टाफ नर्सम भर्ती गरेपछि यस्ता लापर्वाही भई रहेको स्थानीयको भनाई छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]