विराटनगर, चैत २६ गते ।‘स्वरोजगार, आत्मनिर्भरता -हाम्रो आधार, शहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने मुल नाराका साथ आइतबार विराटनगरमा कञ्चनबारी औद्योगिक तथा व्यापार महोत्सव एवम प्रर्दशनी समुद्घाटन भएको छ ।
उक्त महाेत्सव नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कोशी प्रदेशका सांसद भीम पराजुलीले समुउद्घाटन गरेकाे हाे ।
कार्यक्रममा बोल्दै नेता पराजुलीले महिलाहरुको सक्रियतामा यसखाले मेलाको आयोजना हुनु विराटनगरका लागि गौरवको विषय भएको बताउदै आर्थिक मन्दीका वीच मेला आयोजना गरेर उर्जा प्रवाह गर्ने कार्यको प्रशंसा गरेका थिए ।
विराटनगर स्थित आयल निगम छेउको राजबंशी मैदानमा चैत्र २५ गतेदेखि बैशाख १० गतेसम्म महाेत्सव सञ्चालन हुनेछ ।
महिलाहरु मात्र सामेल भएर गरिएको प्रदर्शनी स्थललाई फरक शैलीबाट नयाँपन दिन लागिएको दावी मेला आयोजक संस्था साझा प्रयास नेपालकी अध्यक्ष आशा खड्काले गरिन । महाेत्सवले आर्थिक गतिविधि र व्यवसायलाई चलायमान बनाउने खड्काले विश्वास लिएकाे छ । मेलामा ३ लाख बढीले अवलोकन गर्ने र झण्डै ६० लाख बढीको आर्थिक कारोवार हुने अपेक्षा आयोजकले गरेको छ ।
मेलामा दैनिक उपभोग्य वस्तु तथा सेवा, साना तथा घरेलु उत्पादनको प्रर्दशन, हस्तकला, कृषि उत्पादन, अटोमोबाइल्स, इलेक्ट्रोनिक्स तथा इलेक्ट्रिकल्स, होटल, सूचना प्रविधि लगायतका ८० बढी स्टल रहेका छन् ।
मेलामा स्थानिय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुति समेत रहनेछ ।
महाेत्सव समुद्घाटन सत्रमा नेपाल समाजवादी पार्टीका मोरङ इन्चार्ज भरत दाहाल, घरेलु महासंघको केन्द्रीय सदस्य जानुका थापा,नेपाली कांग्रेस जिल्ला सदस्य तथा महोत्सवका सल्लाहकार देवचन्द्र घिमिरे ,राष्ट्रिय गायक सुमित खड्का ,बुढीगंगा गाउँपालिका कार्यपालिका सदस्य मीना बिश्वास, गायक श्रीकृष्ण लुइटेल,सामाजिक अभियन्ता प्रदिप विस्वास लगायतको सहभागिता रहेको थियो ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]