विराटनगर, चैत १८ गते । साझा प्रयास नेपालले सुस्ताएको व्यवसायीक तथा आर्थिक क्षेत्रको विकास र उत्थानका लागि औद्योगिक तथा व्यापार मेला महोत्सव एवंम प्रदर्शनी गर्ने भएका छन् ।
साझा नेपालका अध्यक्ष आशा खड्काले नेपाल पत्रकार महासंघको सभाहलमा पत्रकार सम्मेलन गरी चैत २५ गते देखि बैशाख १० सम्म विराटनगर आयल निगम पश्चिम पट्टिको खाली जग्गामा प्रदर्शनी लगाउने जानकारी गराएको हो ।
प्रमुख व्यापारिक केन्द्र विराटनगरमा व्यावारलाई आधुनिकीकरण, विशिष्टिकरण गर्ने मुख्य उद्देश्यका साथ व्यवसायीहरूको हकहितको संरक्षणका लागि सक्षम, सुदृद्ध, प्रतिस्पर्धी व्यवसायीहरूको आस्था र भरोषा केन्द्रको रुपमा स्थापित गर्ने लक्ष्यका साथ प्रदर्शनी गर्न लागेको अध्यक्ष खड्काले वताए ।
संस्थाले नयाँ पन, फरक शैली र विशिष्ट पहिचानका साथ ‘स्वरोजगार आत्मनिर्भता हाम्रो आधार, शहरदेखि गाउँ सम्म व्यपार विस्तार’ भन्ने मुलनाराका साथ आयोजना गरिएको प्रदर्शनीमा ८० भन्दा बढी स्टलहरु राख्ने भएको छन् । प्रदर्शनी भरीमा ३ लाख भन्दा बढी दर्शकहरुले अवलोकन गर्ने अपेक्षा आयोजकले लिएको छ ।
प्रदर्शनीमा दैनिक उपभोग्य वस्तु तथा सेवा, साना तथा घरेलु उत्पादन, जडिबुटी तथा कृषि उत्पादन, औद्योगिक मेशिनरी तथा उपकरण, हस्तकलाका उत्पादन, इलेक्ट्रोनिक्स तथा इलेक्ट्रिकल्स, मोवाइल, सूचना प्रविधि, टेक्सटाइल्स, गार्मेन्ट्स तथा फुटवेयर, फर्निचर तथा फर्निचरका सामाग्री, निर्माण सामाग्री, शैक्षिक, स्वास्थ्य, बैंक तथा वित्तिय संस्था, होटल तथा रेष्टुरेण्ट रहने छ भने दैनिक रुपमा स्थानीय तथा राष्ट्रिय कलाकारहरुद्धारा सांगिति प्रस्तुती समेत रहने छ ।
मेला प्रदर्शनीमा राखिने प्रति स्टलको १० हजार शुल्क लाग्ने छ भने प्रदर्शनी अवधिभर करीब ३९ लाख बराबरको आर्थिक कारोबार हुने आयोजकले अपेक्षा लिएको छ । प्रदर्शनीमा सहभागीताको लागि मोरंगको १७ वटै पालिकाहरु पत्रचार गरेका छन् ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]