विराटनगर, चैत १८ गते । जेष्ठ नागरिकको स्वास्थ्य अवस्था बुझ्न स्वस्थ्यकर्मी सहित घर-घरमा जनप्रतिनिधि पुग्ने अभियानकाे शुरूवात भएको छ ।
विराटनगर महानगरपालिका वडा नं. ८ ले वडाका जेष्ठ नागरिकको स्वास्थ्य अवस्था बुझ्न स्वास्थकर्मी सहित घर–घरमा जनप्रतिनिधि पुग्ने अभियानकाे शुरुवात गरेको हाे ।
उक्त कार्यक्रमको विराटनगर महानगरपालिका उपप्रमुख शिल्पा निराला कार्कीले शुभारम्भ गरेका छन् । कार्कीले विराटनगर-८ अमरटोलीकि १०४ वर्षीया नन्दकुमारी पौडेलको घरबाट अभियानको शुभारम्भ गर्नु भएको थियो ।
वडा कार्यालयले स्वास्थ्यकर्मीको परामर्शका आधारमा औषधि लगायतका सामग्रीहरु पनि वितरण गरेको छ ।
८० वर्ष भन्दा माथिका जेष्ठ नागरिकलाई लक्षित गरि वडा कार्यालयले औषधि, पौष्टिक आहार, स्वास्थ्य परीक्षण, स्वास्थ्य सामग्री लगायतका सामानहरु घर–घरमा वितरण शुरु गरेको वडाध्यक्ष राम पोखरेलले जानकारी दिए ।
वडा भित्र रहेका ८० वर्ष माथिका जेष्ठ नागरिकको लगत संकलन गरि १३५ जना लक्षित पहिलो चरणको कार्यक्रम शुरु गरिएको उहाँले जानकारी भयो ।
जेष्ठ नागरिकहरुलाई ग्याष्ट्रिक, रक्तचाप, मधुमेह, दुखाई कम गर्ने औषधि, रक्तचाप, मधुमेहको परीक्षण, हर्लिक्स, झुल, स्टिल लौरो, चार्जेवल लाईट वितरण गरिएको छ ।
कार्यक्रममा वडाध्यक्ष पोखरेल सहित वडाका जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्य कर्मचारी, स्वास्थ्य स्वयंसेविकाको सहभागिता रहेको थियो ।
अभियान अन्तरगत विराटनगर-८अमरटाेलका १४ जना जेष्ठ नागरिकको घरमा पुगिएको स्वास्थ परिक्षण गरि आैषधी वितरण गरेकाे वडासदस्य पवित्रा विकले जानकारी दिए ।
विराटनगर ८ ले जेष्ठ नागरिकको स्वास्थ्यलाई लक्षित गरेर नियमित रुपमा स्वास्थ्य परीक्षण अभियान सञ्चालन गरिरहेको विकले वताए ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]